+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

खाद्य स्टोर र औषधि पसलमा उद्योगमन्त्रीको अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २५ गते १९:४६

२५ फागुन, काठमाडौं । अतिआवश्यक खाद्य वस्तुहरुको चरम अभाव रहेको भन्ने गुनासो पछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार निरीक्षणमा निस्किएका छन् ।

वाणिज्य सचिव डा.बैकुण्ठ अर्यालसहित मन्त्री भट्टको टोलीले आइतबार काठमाडौंका दुई दर्जन बढी किराना तथा खाद्य स्टोर तथा औषधि पसलमा पुगेर विक्रेता र ग्राहकसँग आपूर्ति अवस्था र समस्याबारे जानकारी लिएको उद्योग मन्त्रालयले जनाएको छ ।

मन्त्री भट्ट नेतृत्वको टोलीले जाउलाखेल, कलंकी, नक्साल, सातदोबाटो, टुकु, लाजिम्पाट लगायतका स्थानको स्थलगत अवलोकन गरेर उपभोक्ता तथा विक्रेताको समस्या तथा बजारमा वस्तुहरुको अवस्थाबारे जानकारी लिएको मन्त्री भट्टको सचिवालय प्रमुख हितेश ओझाले जानकारी दिए ।

‘कोरोनाका कारण आपूर्ति अवस्था बिग्रिएको र बजारमा अत्यावश्यक वस्तु अभाव रहेकोबारे बिक्रेता र खाद्य स्टोरमा भेटिएका उपभोक्तासँग मन्त्री भट्ट र सचिव अर्यालले जानकारी लिनु भएको थियो,’ओझाले भने ।

बजार निरीक्षण क्रममा विक्रेताहरुलाई मन्त्री भट्टले खाद्यान्न तथा औषधि र इन्धनको अभावबारे परेको समस्या आफूलाई भन्न आग्रह गरेका थिए ।

बजारलाई सन्तुलित बनाउन राज्यले सबै उपाय अबलम्बन गर्ने आश्वासन विक्रेताहरुलाई दिँदै भन्त्री भट्टले ढुक्क हुन र ग्राहकलाई पनि आश्वस्त बनाउन आग्रह गरेको ओझाले बताए ।

निरीक्षणका क्रममा भेटिएका उपभोक्तालाई इन्धन औषधि, चिनी, नुन, चामल, दाल लगायतका कुनै पनि वस्तुको अभाव हुन नदिने भन्दै भन्त्री भट्ट र सचिव अर्यालले त्रसित नहुन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?