Comments Add Comment

सिटीमाथि युनाइटेडको शानदार जित

लिभरपुललाई फाइदा

२६ फागुन, काठमाडौं । प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बीमा युनाइटेडले साविक विजेता सिटीमाथि शानदार जित हासिल गरेको छ ।

आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा युनाइटेडले सिटीलाई २–० ले पराजित गरेको हो ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन एन्टोनी मार्सियल र स्कट म्याकटोमिनीले एक एक गोल गरे ।

खेलको ३० औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । इन्जुरी टाइममा म्याकटोमिनीले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए ।

जितपछि २९ खेलबाट ४५ अंक जोड्दै युनाइटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ । उता पराजित सिटी २८ खेलबाट ५७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

सिटीलाई युनाइटेडले पराजित गरेपछि शीर्ष स्थानको लिभरपुललाई उपाधि जित्न अझ सहज भएको छ । लिभरपुलले अब दुई खेलमात्र जिते पनि उपाधि जित्नेछ । लिभरपुलको २९ खेलबाट ८२ अंक छ ।

यस्तै, चेल्सीले एभरटनलाई ४–० ले पराजित गर्दै शीर्ष चारको सम्भावना बढाएको छ । २९ खेलबाट ४८ अंकसहित चेल्सी चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment