Comments Add Comment

फेसबुकका फलोअर्सलाई कसरी हटाउने ?

संसारका जुनसुकै कुनामा भएका साथीहरू तथा प्रियजनसँग जोडिने सबैभन्दा सजिलो माध्यम नै फेसबुक बनेको छ । तथापि, गोपनियताको उल्लंघन, दुव्र्यवहार तथा अनिच्छित अन्तरक्रियाजस्ता कुराहरू फेसबुक प्रयोगकर्ताका लागि टाउको दुखाइ बन्ने गर्दछन् ।

तपाईंले आफ्नो फेसबुकमा साथी नभएका कतिपय मान्छेहरूले समेत तपाईंलाई फेसबुकमा फलो गरेको पाउनुभएको छ होला । यदि तपाईंले आफ्नो फेसबुकको प्राइभेसी सेटिङ्सलाई मजबुत पार्नुभएको छैन भने तपाईंलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट नपठाइकनै जोकोहीले तपाईंलाई फलो गर्न सक्दछ ।

गाह्रो त के भने तपाईंले आफूलाई फलो गरिरहेका फलोअर्सलाई फेसबुकबाट एक–एक गरी हटाउन सक्नुहुन्न । तथापि, फेसबुकको प्राइभेसी सेटिंग्समा परिवर्तन गरी आफ्नो फेसबुकमा साथी नभएका फलोअर्सलाई एकमुष्ट हटाउन भने सक्नुहुन्छ । साथै साथी नभएका त्यस्ता फलोअर्सलाई नहटाइकनै पनि आफ्नो प्रोफाइलमा पहुँचबाट बन्देज लगाउन सक्नुहुन्छ ।

फेसबुक फलोअर्सलाई कसरी हटाउने ?

यदि तपाईं डेस्कटपमा फेसबुक लगअन गर्नुभएको छ भने पेजको दायाँ माथिपट्टि रहेको डाउन एरोमा क्लिक गर्नुहोस् र त्यहाँ देखापर्ने अप्सनमध्ये सेटिंग्स अप्सनमा जानुहोस् ।
सेटिंग्स अप्सनमा क्लिक गरिसकेपछि बायाँ हाततर्फ साइड बार देखा पर्दछ र त्यहाँ रहेको Public Post मा क्लिक गर्नुहोस् ।

त्यसपछि देखापर्ने ड्रपडाउन मेन्यूमा रहेको Who Can follw me अप्सन अन्तर्गत रहेको Friends भन्ने अप्सन छान्नुहोस् ।

यति गरिसकेपछि अब तपाइँलाई तपाइँको फेसबुकमा साथी भएका मानिसहरूले मात्रै फलो गर्न सक्नेछन् भने साथी नभएको फलोअर्सहरू स्वतः फलोअर्सको सूचिबाट हट्नेछन् ।

यस्तै मोबाइल डिभाइसबाट फ्रेण्ड लिष्टमा नरहेका फेसबुक फलोअर्स हटाउनका लागि फेसबुक एप लगइन गरी स्क्रिनको दायाँ माथिपट्टि रहेका तिनवटा धर्काको चिन्हमा ट्याप गर्ने ।
त्यसपछि स्क्रोल डाउन गर्दै Settings & Privacy अप्सनमा ट्याप गर्नुहोस् ।

त्यसपछि ड्रपडाउन मेन्यूमा Seetings अप्सन देखा पर्नेछ, त्यसमा ट्याप गर्नुहोस् ।

त्यसपछि खुल्ने पेजमा स्क्रोल डाउन गर्दै Privacy खण्डमा जानुहोस् र Public Posts अप्सनमा ट्याप गर्नुहोस् ।

त्यसपछि खुल्ने Public Posts  को पेजमा रहेको Who can follow me खण्डमा रहेको Friends  नामक अप्सनमा ट्याप गर्नुहोस् ।

यति गरिसकेपछि फेसबुकमा साथी नभइकन तपाइँलाई फलो गरिरहेकाहरू स्वतः अनफलो हुनेछन् भने साथी नभएको नयाँ मान्छेले पनि फलो गर्न सक्नेछैन ।

तथापि यो विधिबाट कुनै एउटा निश्चित फलोअरलाई मात्र अनफलो गराउन भने सम्भव हुँदैन ।

यद्यपि, तपाइँले कुनै फलोअर्सलाई हटाउन चाहनुहुन्छ भने ब्लक गर्न वा restric list मा राख्न सक्नुहुन्छ ।

यदि ब्लक गर्नुभयो भने उनीहरूले तपाइँका कुनै पनि पोष्ट तथा प्रोफाइल हेर्न सक्नेछैनन् । Resctricted गर्नुभयो भने तपाइँले पब्लिक गरेका सामाग्री मात्र हेर्न सक्नेछन् ।
फलोअर्सलाई कसरी ब्लक गर्ने ?

१. फेसबुकको मोबाइल एप वा वेबसाइटमा लगइन गरी आफुले ब्लक गर्न वा रेस्ट्रिक्ट चाहेको व्यक्तिको प्रोफाइलमा जाने ।

२. नामको दायाँपट्टि रहेको तिनवटा थोप्लाको चिन्हमा ट्याप/क्लिक गर्ने ।

३. त्यहाँ देखिने : Manage नामक मेन्यूमा रहेको Block अप्सनमा ट्याप गर्ने र त्यसलाई Block गर्ने ।

फलोअर्सलाई Rectricted सूचिमा कसरी राख्ने ?

– आफ्नो मोबाइलको फेसबुक एप लगइन गरी सम्बन्धित व्यक्तिको प्रोफाइलमा जाने ।
– नामको दायाँपट्टि रहेको ‘साथी’को चिन्हमा ट्याप गर्ने ।
– त्यसपछि देखा पर्ने पपअप मेन्यूमा रहेको Restricted अप्सनमा ट्याप गर्ने ।
– पुनः देखा पर्ने पप अप मेन्यूको अन्तिममा रहेको Restricted नामक अप्सनमा ट्याप गर्ने ।

कम्प्युटरबाट फेसबुकमा कसैलाई Restricted गर्नका लागिः

ब्राउजरमा आफ्नो फेसबुक लगइन गर्ने र सम्बन्धित व्यक्तिको प्रोफाइलमा जाने ।

दायाँ पट्टि रहेको Friends अप्सनमा क्लिक गरी ड्रप डाउन मेन्यूमा रहेको Add to Another List मा क्लिक गर्ने । त्यसपछि देखा पर्ने Restricted अप्सनमा क्लिक गर्ने ।

बिजनेस इनसाइडर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment