Comments Add Comment

तमिम इकवाल बंगलादेशको एकदिवसीय कप्तान नियुक्त

ओपनर ब्याट्सम्यान तमिम इकवाल बंगलादेशको एकदिवसिय टिमको कप्तान नियुक्त भएका छन् । उनी टेष्ट र एकदिवसीयमा बंगलादेशका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

मसरफ मोर्ताजाले कप्तान छाडेपछि बंगलादेश क्रिकेट बोर्डले विज्ञप्ती जारी गर्दै तममिलाई नयाँ कप्तान बनाएको जनाएको छ । मोर्तजा एकदिवसियमा बंगलादेशका सर्वाधिक सफल कप्तान हुन् । सन् २०१० देखि मोर्ताजाले एकदिवसिय कप्तानी गरेका थिए । उनको कप्तानीमा बंगलादेशले ५० खेल जितेको थियो । जिम्बावेसँगको तीन खेलको एकदिवसीय सिरिजपछि मवर्ताजाले कप्तान छाडेका हुन् ।

नयाँ कप्तान चयन भएको ३० वर्षीय तमिम बंगलादेशको अनुभी खेलाडी मध्ये एक हुन् । उनले सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनी टी२० र एकदिवसीयमा बंगलादेशका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् भने टेष्टमा दोस्रो स्थानमा छन् ।

एकदिवसीयमा तमिमले २०७ खेल खेल्दै ७ हजार २०२ रन बनाएका छन् । यस्तै १३ शतक प्रहार गरेका छन् । २०१९ मा मोर्ताजा घाइते हुँदा तमिमले श्रींलका विरुद्ध कप्तानी गरेका थिए ।

तमिमले टी-२० मा एक शतकसहित १ हजार ७१७ रन बनाएका छन् भने टेष्टमा ९ शतकसहित ४ हजार ४०५ रन बनाएका छन् ।

कप्तान चयन भएपछि तमिमले आफ्नो लागि यो ठूलो सम्मान भएको बताएका छन् । उनले बोर्डले आफूलाई विश्वास गरेर दायित्व दिएको भन्दै मोर्ताजाले छाडेको ठाउँ पूरा गर्नुपर्ने बारे सजग रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment