
२६ फागुन, काठमाडौं । कुवेतबाट फर्किएका एक नेपालीलाई कोरोना भाइरस संक्रमणको आशंकामा पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
सोमबार विहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि पाटन अस्पताल लगिएको थियो ।
उनको नमुना परीक्षण भएको छैन । विमानस्थलमा शंकास्पद विरामी आएमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगिने भए पनि कुवेतबाट फर्किएका ती नेपालीलाई भने पाटन लगिएको हो ।
‘यहाँ बेड खाली छैन भन्ने म्यासेज बाहिर गएकाले पाटन पठाइएको रहेछ, तर यहाँ पनि आइसोलेसन वार्ड खाली नै थियो’ टेकु अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने । ती विरामीको मंगलबार नमुना परीक्षण गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4