Comments Add Comment

गाँजा मुद्दाका फरार प्रतिवादी पक्राउ

२७ फागुन, वीरगञ्ज । प्रहरीले पर्साबाट लागूऔषध गाँजा-चरेस मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पर्सा जिराभवानी गाउँपालिका–३ बस्ने ४५ वर्षीय किशोरी राउत कुर्मी पक्राउ परेका हुन् ।

लागूऔषध गाँजा-चरेस मुद्दामा पर्सा जिल्ला अदालतले दोषी ठहर गर्दै २०७६ कात्तिक २९ गते उनी विरुद्ध ३ वर्ष ९ महिना ३१ दिन कैद र २० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो ।

त्यहिबेलादेखि नै फरार रहँदै आएका कुर्मीलाई सोमबार प्रहरीले गाउँघरमा लुकीछिपि बसेको अवस्थामा पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि पर्सा जिल्ला अदालतमा पठाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment