Comments Add Comment

बससँग ठोक्किँदा अटो रिक्सा चालकको मृत्यु

Photo Credit : Bageshwori Post

२९ फागुन, नेपालगञ्ज । बाँकेको कोहलपुरमा बससँग ठोक्किँदा अटो रिक्सा चालकको मृत्यु भएको छ । कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि बिहीबार बिहान भएको सो दुर्घटनामा नौ जना घाइते भएका छन् ।

दुर्घटनामा वैजनाथ–२ का अटो रिक्सा चालक जयबहादुर रोकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

भे १ ख २१२९ नम्बरको बस र भे १ ह १६५३ नम्बरको अटो रिक्सा बिहान करिब आठ बजे ठोक्किएका थिए ।

बस चालक कोहलपुर नगरपालिका–११ का विवेक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच बाँकेको बैजनाथ गाउँपालिका– ५ मा हिजो बेलुकी भे ६ प ७२४१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका पैदलयात्री ५५ वर्षीय दिल बहादुर पुनको मृत्यु भएको छ ।

यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउँपालिका ७ सुर्यपुरामा हिँजो बेलुकी भारतीय नम्बरको मोटरसाइकल र लु ३२ प ३९०६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा बर्दघाट नगरपालिका १५ कुकुरमाराका ३५ वर्षीय राजन सुनारको मृत्यु भएको छ । घाइते भएका २ जनाको चौपत्तास्थित शहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment