Comments Add Comment

रोनाल्डो पनि क्वारेन्टाइनमा

२९ फागुन, काठमाडौं । विश्वभर फैलिएको कोरोनाको असर स्टार फुटलबरमा समेत पर्न थालेको छ । त्यसैको असरस्वरुप युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा रहेका छन् ।

इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नो देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएका हुन् ।

३५ वर्षीय रोनाल्डो आफ्नो आमालाई भेट्न पोर्चुगल पुगेका थिए । रुगानीको खबर सुनेपछि उनी उत्तरी इटली जानु सट्टा आफ्नै घरमा रहेका हुन् ।

गत साता इन्टर मिलानविरुद्धको खेलमा युभेन्ट्सले २-० को जित हात पारेपछि टिम फोटोमा रोनाल्डो र रुगानी पनि थिए ।

सामाजिक सञ्जालमा मिरालेम पिजानिकले पोष्ट गरेको उक्त फोटोमा रोनाल्डो र रुगानी दुवैले खुशी मनाइहेका थिए । रुगानीसंग भेट गरेका दुवै टिमका खेलाडीहरुले अब क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । रुगानी उक्त खेलमा बेन्चमै रहेको भएर धेरैसंग उनले भेट गरेका थिएनन् ।

रोनाल्डो क्वारेन्टाइनमा रहेको समाचार पोर्चुगलका अखबारले पहिलो पृष्ठमा प्रकाशित गरेका छन् । कोरोना भाइरसको कारण इटलीमा अप्रिल ३ सम्मको लागि सम्पूर्ण खेल स्थगित गरिएको छ ।

युभेन्ट्सले अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब लियोनसंग खेल्ने तालिका छ । उक्त खेल क्लोज डोरमा खेलाउने तयारी भएपछि कोरोनाकै कारण युईएफले खेल स्थगित गर्न सक्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment