+
+

आयरल्याण्डका स्कुल कलेज बन्द गर्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते १९:३४

२९ फागुन, काठमाडौ । रिफब्लिक अफ आयरल्याण्डले स्कुल, कलेज र सार्वजनिक उद्योगहरु बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भनेर गरिएको घोषणा बिहीबार रातिबाट लागू हुनेछ र २९ मार्चसम्म कायम रहनेछ ।

आइरिस प्रधानमन्त्री लियो भराड्काकाअनुसार १०० भन्दा बढी मानिस भेला हुने इण्डोर र ५०० भन्दा बढी भेला हुने खुला कार्यक्रम तथा सभाहरु रद्द गर्नु पर्नेछ । उनले सम्भव भएसम्म एकअर्काबाट टाढा रहनुपर्नेमा जोड दिएका छन् ।

विमानस्थल र बन्दरगाह भने खुला रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?