Comments Add Comment

पहिलो एकदिवसीयमा अष्ट्रेलिया विजयी

काठमाडौं । न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा अष्ट्रेलिया ७१ रनले विजयी भएको छ । तीन खेलाडीको अर्धशतक अनी बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले पहिलो खेल सहजै जित्दै ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको हो ।

अष्ट्रेलियाले दिएको २५९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४१ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो
न्युजिल्याण्डका लागि मार्टिन गप्टिलले सर्वाधिक ४० र टम लाथमले ३८ रन बनाए । अष्ट्रेलियाका प्याट कमिङ्स र मिचेल मार्सले ३-३ विकेट लिए भने जोस हाजलउड र एडम जाम्पाले २-२ विकेट लिए ।

त्यसअघि सिड्नी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु घली अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २५८ रन बनाएको थियो । अष्ट्रेलियाको लागि ओपनर डेविड वार्नरले सर्वाधिक ६७ रन बनाउँदा कप्तान बरोन पिन्चले ६० रन जोडे ।

पहिलो विकेटका लागि यो जोडीले १२४ रनको साझेदारी गरे । यस्तै मार्नुस लाबुसचेनले ५६ रन बनाए । न्युजिल्याण्डका इश सोधीले ३ तथा लकी पर्गुसन र मिचेल सान्टनरले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment