+

खाली स्टेडियममा खेलाउने भनिएको भारत–दक्षिण अफ्रिकाको क्रिकेट खेल रद्द

२०७६ चैत  १ गते ८:२९ २०७६ चैत १ गते ८:२९
खाली स्टेडियममा खेलाउने भनिएको भारत–दक्षिण अफ्रिकाको क्रिकेट खेल रद्द

१ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि भारत र दक्षिण अफ्रिकाबीच तय भएको तीन म्याचको वान डे सिरिजअन्तर्गतका बाँकी दुई खेल रद्द गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सूत्रलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले भारत र दक्षिण अफ्रिकाको वान डे सिरिज रद्द भएको समाचार लेखेका छन् ।

भारत र दक्षिण अफ्रिकाबीच बाँकी दुई खेल लखनउमा १५ मार्च र कोलकातामा १८ मार्चमा खेल्ने तय भएको थियो । बिहीबारको पहिलो खेल वर्षाका कारण स्थगित गरिएको थियो ।

यसअघि बीसीआईले यी दुई खेल दर्शक विनाको खाली स्टेडियममा खेलाउने निर्णय गरेको थियो । खेल मन्त्रालयले पनि कोरोना संक्रमणको जोखिम रहने भन्दै खाली स्टेडियममा खेल खेलाउन ठीक हुने बताएको थियो । तर, पछिल्लो खबरअनुसार उक्त म्याच अब रद्द गरिएको छ ।

कोरोना भाइरसकै कारण भारतमा हुने आईपीएल क्रिकेट दुई सातापछि सारिएको छ

कोरोना भाइरसका कारण भारतमा दुई जनाको मृत्यु र ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय