Comments Add Comment

योगले बढाउन सक्छ शुक्राणुको गतिशीलता

यौन क्षमता बढाउनको लागि भन्दै आयुर्वेद एवं योग शास्त्रहरुमा विभिन्न उपायको खोजी गरिएको छ । प्राचीनकालदेखि नै यौन समस्याहरुको समाधानको लागि आयुर्वेदिक उपचारका साथै विभिन्न किसिमका आसनहरुको व्याख्या गर्ने गरिएको छ । व्यघ्रासन, गरुडासन, संकटासन, भुजंगासन, सेतुबन्धासन, पर्वतासन जस्ता आसनहरुमा नियमित योगा गर्दा यौन क्षमता बढाउन सकिने शास्त्रीय मत छ ।

यौन शक्ति बढाउने उपायको लागि डा. योगी विकासानन्दले अश्विनी मुद्रा, वज्रोली मुद्रा, मूलबन्ध जस्ता मुद्राहरुको चर्चा गरिएको पाइन्छ । यसमा पनि कतिपय सर्तहरु कायम गर्ने गरिएको छ । त्यस्तै, यौन शक्ति बढाउनको लागि समेत सूर्यभेदी प्राणायाम जस्ता प्राणायामहरुको समेत उल्लेख गरिएको पाइन्छ ।

विश्वव्यापी रुपमा बढ्दै गएको योगको बढ्दो ‘क्रेज’ सँगै यसको वैज्ञानिकताको समेत खोजी हुँदैछ । पश्चिमा मुलुकहरुसँगै विभिन्न भारतीय वैज्ञानिकहरुले समेत यौन र योगाको सम्बन्धको खोजी गरिरहेका छन् । यसको गुणबारेको अध्ययन पछिल्लो समय तीब्र रुपमा बढ्दै गएको छ । भारतीय वैज्ञानिकहरूको नयाँ अध्ययनले यो पत्ता लगाएको छ कि योगमा आधारित जीवनशैलीले शुक्राणुको गुणस्तरमा सकारात्मक प्रभाव पार्न सक्छ ।

भारतको कोशकीय एवं आणविक जीव विज्ञान केन्द्र (सीसीएमबी), हैदराबाद र अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स), नयाँ दिल्लीका शोधकर्ताहरुको अध्ययनमा यो कुरा बाहिर आएको छ । जसमा यौन स्वास्थ्यको लागि योगको महत्व निकै धेरै रहेको कुरा बाहिर आएको छ ।

शोधकर्ताले यो पनि पत्ता लगाएका छन् कि योगको लाभकारी गुणहरुको परस्पर सम्बन्ध शुक्राणुहरुमा जीनलाई प्रभावित गर्ने गर्छ । अन्वेषकहरूका अनुसार योगको लाभदायक गुणहरू गैरआनुवंशिक (एपिजेनेटिक) परिवर्तनसँग समेत सम्बन्धित छ । निरन्तर योगको अभ्यासले वीर्य सम्बन्धी आक्सिडेटिव तनाव कम गर्ने र बाँझोपनको समस्या भोगिरहेका पुरुषहरुमा शुक्राणुको गतिशीलतालाई सुधार गर्न समेत सहयोग गर्छ ।

यस अध्ययनमा संलग्न सहभागीहरूलाई २१ दिनसम्म एक घण्टा शारीरिक क्रियाकलाप, योगासन, श्वास अभ्यास (प्राणायाम) र ध्यान व्यायाम गर्नको लागि समय दिइएको थियो । अन्वेषकहरूका अनुसार यस्तो गर्दा प्रतियोगीहरुको शुक्राणुको विकास दरमा सुधार हुँदै आयो ।

मिथाइलमलाई जीनको अभिव्यक्तिलाई प्रत्यक्ष रूपमा नियमित गर्ने विधिको रुपमा जान्ने गरिन्छ । जसमा मिथाइलोमको तात्पर्य सो रासायनिक परिवर्तनको स्वरुपसँग सम्बन्धित छ । यस अध्ययनका अनुसार मेथाइलोमको सम्बन्ध लगभग ४०० वटा जीनमा देख्न सकिन्छ । यसमा कतिपय यस्तो जिन समेत सामेल रहेको हुन्छ जसले पुरुषको प्रजनन क्षमता, शुक्राणु र भ्रुण प्रत्यारोपणमा अहम् भूमिका खेलेको हुन्छ ।

आधुनिक चिकित्सा अभ्यासले योगमा आधारित जीवन शैली विभिन्न किसिमका रोगहरूको उपचारका लागि सहयोगी साबित हुँदै गएको जनाएको छ । अन्वेषकहरूका अनुसार योगमा आधारित जीवनशैलीले पुरुषहरूलाई बाँझोपनबाट जोगाउन मद्दत गर्छ । यद्यपि यसका लागि विस्तृत अध्ययन आवश्यक छ ।

जीवहरूको आनुवंशिक प्रणाली वातावरणीय कारकद्वारा व्यापक रूपमा प्रभावित हुने गर्छ । डीएनएको अनुक्रम विपरीत, वातावरणीय प्रभावको कारण एपिजेनेटिक परिवर्तनहरू गतिशील र उल्टो हुन्छन् । अस्वस्थ्यकर जीवनशैली र सामाजिक बानीले शुक्राणुलाई पनि प्रतिकुल असर पार्छ । परिणामस्वरूप भर्खरका वर्षहरूमा पुरुषहरूको उर्वरता कम हुन पुगेको पाइन्छ । यो अध्ययन अन्डरोलिया अनुसन्धान पत्रिकामा प्रकाशित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment