Comments Add Comment

सीमा रेखांकनमा कञ्चनपुरका जनप्रतिनिधिको विरोध

२ चैत, काठमाडौं । कञ्चनपुरका जनप्रतिनिधिहरुले नेपाल भारत सीमा सर्भे टोलीले गरेको सीमा रेखांकनको विरोध गरेका छन् । उनीहरुले आइतबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै रेखांकनको विरोध गरेका हुन् ।

उनीहरुकाअनुसार सर्भे टोलीले जंगे पिल्लरलाई आधार नबनाइ स्ट्रिप नक्सा बनाएको र यसले सयौं हेक्टर नेपाली भूभाग भारततिर परेको उनीहरुको दाबी छ ।

भारतीय पक्षबाट ब्रिटिस सरकारको पालाको भन्दै गलत नक्सा पेश गरेको र नेपाली टोलीले त्यसलाई स्वीकार गरेको भन्दै ज्ञापनपत्रमा भनिएको छ, ‘भारतले अतिक्रमण गरेको भूमि नेपालको देखिने गरी स्थापित सीमा (जंगे पिलर)हरुलाई साक्षी स्तम्भ र नेपालतर्फ रहेका साक्षी र सहायक स्तम्भलाई सीमाको मूल पिलर स्वीकार गरेर  स्ट्रिप नक्सा तयार गरिएको पाइएको छ ।’

जवाफमा गृहमन्त्री बादलले यो विषय संवेदनशील भएको बताउँदै आफूहरु गम्भीर रहेको बताए । ज्ञापन पत्रमा उल्लेख गरिएका विषयका सम्बन्धमा नापी विभागका महानिर्देशकलाई समेत बोलाएर छलफल गर्ने उनले प्रतिबद्धता जनाए ।

गृहसँगै परराष्ट्र र भूमि सुधार मन्त्रालयसँग समेत समन्वय गरेर यसलाई टुंग्याउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment