+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘ढुक्क हुनुस्, बजारमा सामान अभाव छैन’

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते १०:२२

२ चैत, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बजारमा वस्तु तथा सेवाहरु अभाव नरहेको बताएका छन् । कोरोना भाइरसका कारण देशभर नै सामाग्रीको अभाव हुन लागेको भन्दै अनावश्यक चर्चा भएको भन्दै अध्यक्ष कटुवालले लत्ता कपडा जन्य सामाग्रीहरु अभाव नभएको बताए ।

‘हामीसँग विशेष गरेर लत्ता कपडा, जुत्ता, मेकअप लगायतका सामाग्रीहरु पर्याप्त छन्’ उनले भने, ‘न्यूरोड, महावौद्ध लगायतका ठाउँमा सामाग्री अभाव भयो भन्ने गरेको पाइयो, त्यो गलत हो ।’

उनले महासंघमा २१ वटा विभिन्न व्यवसायीहरुका संघ आवद्ध रहेको भन्दै हालसम्म सामाग्री अभाव हुने समस्या नदेखिएको बताए । नाकाबाट आउने सामाग्रीहरु केहि ढिला हुँदा समस्या पर्ने हो कि भन्ने बाहेकका अन्य कुनै पनि समस्या नरहेको उनले बताए ।

महासंघको बैठक बसी यस विषयमा छलफल समेत भइसकेको भन्दै उनले काठमाडौं उपत्यका कुनै पनि बजारमा बाहिर हल्ला भए जस्तो अभाव नरहेको बताए । ६ महिनाका लागि सामाग्री अझै स्टकमा रहेको भन्दै यसबाट उपभोक्ताहरुले डराउन नपर्ने उनले बताए ।

उनले भएका वस्तुहरु सहज रुपमा उपभोक्तालाई बिक्री वितरण गर्न महासंघले व्यवसायीहरुलाई आग्रह समेत गरेको बताए । उनका अनुसार माक्स उद्योगीहरुलाई पनि महासंघले उत्पादन बढाउन आग्रह गरेको छ ।

‘हाम्रो महासंघमा धेरै माक्स उद्योगीहरु हुनुहुन्छ, हामीले वहाँहरुलाई उत्पादन बढाउन सर्कुलर गरिसकेका छौं’ उनले भने, ‘बोरु आपुर्ति व्यवस्था सहज बनाउनु पर्ने देखिएको छ, कच्चा पदार्थको अभाव हुन नदिन सरकारले पनि ध्यान दिनु पर्यो ।’

उनले सरकारले आपुर्ति व्यवस्था सहज बनाउन भने गम्भीर हुनु पर्ने बताए । नाकाबाट निर्वाध रुपमा ढुवानी भए अहिलेकै अवस्थामा कुनै ठूलो समस्या नपर्ने अध्यक्ष कटुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?