Comments Add Comment

बेलायती पर्यटकलाई श्रीलंका प्रवेशमा निषेध

काठमाडौं । श्रीलंकाले बेलायती पर्यटकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस कोभिड–१९ को प्रकोप नियन्त्रणको लागि श्रीलंकाले यस्तो निर्णय गरेको हो ।

यससँगै दुई देशको टेष्ट क्रिकेट सिरिज स्थगित भएको छ भने श्रीलंका भ्रमणको तयारीमा रहेका पर्यटक प्रभावित हुनेछन् । आइतबार नै इंग्ल्याण्डको टोली श्रीलंका पुगेको थियो भने इंगल्याण्डका धेरै समर्थकहरु पनि आफ्नो बिदा मनाउन श्रीलंका जाने तरखरमा थिए ।

तर श्रीलंकाले सोमबार मध्यरातबाट लागू हुने गरी बेलायत वा बेलायत भ्रमण गरेर आएका पर्यटकमाथि रोक लगाएको छ ।

श्रीलंका र इंगल्याण्डबीचको टेष्ट सिरिजको पहिलो खेल बिहीबारदेखि हुने तालिका थियो । त्यस्तै बर्मी आर्मी टूर ग्रुपबाट आएका सदस्यहरु पनि कोलम्बोको बन्दरनायके विमानस्थलमा केही घण्टा रोकिएका थिए । बार्मी आर्मीका प्रबन्ध निर्देशक क्रिस मिलार्डले आफ्ना सदस्यहरु विमानस्थलमा रोकिएको पुष्टि गर्दै उनीहरु अहिले श्रीलंका प्रवेश गरिसकेको तर बेलायतबाट श्रीलंकाको थप उडान भने रोकिने बताएका छन् ।

उनका अनुसार अहिलेसम्म ५० सदस्य श्रीलंका भ्रमणको क्रममा रहेको र अझै २० सदस्य श्रीलंका भ्रमणको लागि आउन चाहेका छन् । उनीहरु खेल रद्द भए पनि आउने तरखरमा थिए, तर अहिले श्रीलंकाले उडान नै रोक्ने निर्णय गरेपछि प्रभावित एका छन् ।

मिलार्डले आफूहरु श्रीलंका क्रिकेटको संस्था, टूर अपरेटर र एयरलाइन्सहरुसँग आफ्ना सदस्यलाई सुरक्षित रुपमा स्वेदश फर्काउन लागिपरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment