Comments Add Comment

कोरोनाबाट चीनमा भन्दा चीन बाहिर बढीको मृत्यु

३ चैत, काठमाडौं । चीनको वुहानबाट सुरु भएको नोवल कोरोना (कोभिड–१९) भाइरसबाट ६ हजार ५२६ जनाको ज्यान गएको छ । त्यसमध्ये चीनमा ३ हजार २१३ जनाको मृत्यु भएको छ ।

चीन बाहिर मृत्यु हुनेको संख्या ३ हजार ३१३ जना छन् । चीनपछि इटलीमा सबैभन्दा बढीको मृत्यु भएको छ । सोमबार अपरान्हसम्म इटलीमा १ हजार ८०९ जनाको ज्यान गइसकेको छ ।

कोभिड–१९ बाट इरानमा ७२४, स्पेनमा २९४, फ्रान्समा १२७, दक्षिण कोरियामा ७५, फ्रान्समा ६९ र बेलायतमा ३५ जनाको मृत्यु भएको एजेन्सीहरूले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले मृत्युदर ३.४ प्रतिशत मृत्यु दर हुने प्रक्षेपण गरेको यो भाइरसबाट ४९ देशमा संक्रमितले ज्यान गुमाएका छन् ।

७७ हजार निको भए

पहिलो पटक ३१ डिसेम्बरमा हुवे प्रान्तमा देखिएको कोरोना १५८ देशमा पुगीसकेको छ । इटली, इरान, दक्षिण कोरिया, स्पेन, जर्मनी, फ्रान्स, अमेरिका, स्विटजरल्याण्ड, बेलायत लगायतका देशहरूमा यसको संक्रमण बढ्दो छ ।

चीनमा नियन्त्रणतर्फ गइरहेको देखिन्छ । चीनमा संक्रमितको संख्या दश हजार भन्दा कम छ । पछिल्लो २४ घण्टामा त्यहाँ जम्मा ३५ जना नयाँ संक्रमित देखिएको छ ।

इटलीमा संक्रमितको संख्या चीनमा भन्दा दोब्बर पुगेको छ । त्यहाँ २० हजार ६०३ संक्रमित छन् ।

पछिल्लो तथ्यांक अनुसार सबै देशमा गरेर ८६ हजार १२७ जनामा मात्रै कोरोनाको संक्रमण छ । ७७ हजार ७९० जना भने निको भइसकेका छन् ।

नेपालमा भने चीनबाट फर्केका एक विद्यार्थीमा मात्रै कोरोनाको संक्रमण देखिएको थियो । उनले स्वास्थ्य लाभ गरिसकेका छन् ।

साढे चार सय भन्दा बढीको परीक्षण गरेर पनि नेपालमा थप संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले बताउँदै आएको छ ।

भारतमा ११७, पाकिस्तानमा ९४, श्रीलंकामा २१, अफगानिस्तानमा २१, माल्दिभ्समा १३, बंगलादेशमा ८ र भुटानमा एक जनामा संक्रमित देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment