Comments Add Comment

परराष्ट्रमन्त्री ज्ञवालीको निर्वाचन क्षेत्रमा साढे ५ अर्ब बजेट

३ चैत, गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निर्वाचन क्षेत्र गुल्मी क्षेत्र नं. १ मा करिब ६ अर्बका विकास आयोजनाको काम भइरहेको छ ।

कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्ग, रेसुङा विमानस्थल, रिडी नदी व्यवस्थापन (ड्याम निर्माण), ठूला खानेपानीलगायतका ५ अर्ब ६८ करोड ८८ लाखकाका विभिन्न योजनाहरु मन्त्री ज्ञवालीको क्षेत्रमा परेका छन् ।

जिल्लाको गौरवको योजना रहेको कालीगण्डकी करिडोरको रिडी-रुऽबेणी-हर्मीचौर खण्डको २१ किलिमिटर सडक कालोपत्रेका लागि एक अर्ब ८ करोड ८६ लाखको बजेट परेको छ ।

चोरकाटे-शान्तिपुर कालोपत्रे गर्न ३३ करोड ७६ लाख, तम्घास-नेटा सडक कालोपत्रेका लागि ७ करोड बजेटमा काम भइरहेका छ ।

खर्ज्याङ्ग-गुल्मीदरवार घुम्ती मोटरबाटो, गौडाकोट-झिरबार-मजुवा मोटरबाटो, रिडी- खर्ज्याङ्ग मोटरबाटो, पूर्तिघाट-फोक्सिङ्ग-ग्वाघा-शान्तिपुर मोटरबाटो, भेडुवा-हुँगा-सिस्ने-चोरकाटे मोटरबाटो कालोपत्रे र स्तरोन्नतीका लागि १० करोड बजेट विनियोजन भएको छ ।

यस्तै, जिल्लाभित्र र जिल्लालाई अन्य केही जिल्लासँग जोड्ने केही सडक निर्माणका लागि २७ करोड ५० लाखमा काम भइरहेको छ ।

रिडी-कालीगण्डकी पर्यटकीय क्षेत्र तटबन्ध कार्यक्रमका लागि ५७ करोड ५६ लाख, रेसुङगा नगरपालिकामा विद्युत सवस्टेसन निर्माणका लागि ४७ करोड ५० लाख रकम विनियोजन भएको हो ।

सत्यवती पहिरो पीडित पुनस्र्थापनाका लागि लागि २० करोड, १५ शैय्याको अस्पताल भवन निर्माण गर्न २० करोड बजेट निकासा भएको छ ।

रेसुङ्गा एयर्पोट निर्माणका लागि १४ करोड, संघीय विशेष अनुदान (स्थानीय तह)मा ६ करोड ७८ लाख, संघीय समपुरक अनुदान (स्थानीय तह)को ५ करोड ११ लाख नियोजन भएको छ ।

त्यस्तै खानेपानीका लागि थप ६ करोड ६७ लाख, पक्की पुल निर्माण १७ करोड ३६ लाख, रुरु क्षेत्र गाउँपालिकामा शीत भण्डार निर्माणका लागि एक करोड १६ लाख बजेट रहेको छ । साथै विभिन्न पर्यटन विकास सम्बन्धीका आयोजनाहरुमा तीन करोड ३५ लाख रकम विनियोजन भएको छ ।

सुरक्षित नागरिक आवासका लागि ८८ लाख, खैरेनीको पुलका लागि २० करोड, स्थानीय विकास पूर्वाधार कार्यक्रममा ६ करोड, खेलमैदान (रेसुङ्गा नगरपालिका र सत्यवती) ९० लाख, जनता आवास कार्यक्रममा चार करोड १० लाख, जिल्ला प्रहरी कार्यालयको भवन निर्माणमा २ करोड, कालीगण्डकी करिडोर (सेनाद्धारा गरिएको कामको बजेट निकासा) ६० करोड रकम रहेको छ ।

कालिगण्डकी करिडोर (आव ०७५/७६) मा सेनाद्वारा गरिएको कामको बजेट निकासा ६५ करोड, आव ७५/०७६ को स्थानीय पूर्वाधार विकास कार्यक्रम ४ करोड, समपुरक तथा विशेष अनुदान कार्यक्रम आव ०७५/७६ मा ८ करोड १७ लाख रकम बिनियोजन भएको छ ।

भाषा संस्कृति र पूर्वाधार निर्माणका आयोजनाहरुमा करोडौंको बजेट विनियोजन भएको छ । बजेट विनियोजन भएका कतिपय आयोजनाको काम भइरहेको छ भने केही कार्यान्वयनको चरणमा छन् ।

मन्त्री ज्ञवालीले आफ्नो क्षेत्रमा परेका आयोजना कार्यान्वयनको अवस्था बुझ्न बेलाबेला आउने गरेका छन् । मन्त्री भएको दुई वर्ष उनी २५ पटक पटक निर्वाचनमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment