Comments Add Comment

एप्पललाई फ्रान्समा तोकियो १ अर्ब २३ करोड डलर जरिवाना

फ्रान्सले आइफोन निर्माता अमेरिकी कम्पनी एप्पललाई १ अर्ब १० करोड यूरो (१ अर्ब २० करोड डलर) जरिवाना तिराउने निर्णय गरेको छ । एप्पलले प्रतिस्पर्धा नियमको पालना नगरेको भन्दै फ्रेन्च कम्पिटिसन अथोरिटीले जरीवाना तिराउने निर्णय सुनाएको हो ।

साथै एप्पलका दुई होलसेललाई पनि मिलोमतोमा मूल्य तोकेको आरोपमा जरीवाना तोकिएको छ । एप्पलको होलसेलरमध्ये टेक डेटालाई ७ करोड ६१ लाख यूरो र इन्ग्राम माइक्रोलाई ६ करोड २९ लाख यूरो जरीवाना तोकिएको छ । र, समग्रमा अहिले लगाइएको १ अर्ब २४ करोड यूरो जरिवाना कुनै एउटा मुद्दामा लगाइएको सबैभन्दा ठूलो जरिवाना हो ।

फ्रेन्च कम्पिटिसन अथोरिटीका अध्यक्ष इसाबेले डे सिल्भाले एप्पलले आफ्ना दुई होलसेलरसँग मिलेर वितरकलाई एकअर्कामा प्रतिस्पर्धा गर्नबाट रोकेको बताए ।

एप्पलले भने फ्रान्सेली नियामकले लगाएको जरिवाना स्वीकार्न नसकिने बताएको छ । एक दशकभन्दा अघिको विषयलाई लिएर जरिवाना लगाएको र त्यतिबेलाको अवस्था त्यसरी नै चलेको भन्दै उनले जरिवानाको निर्णयविरुद्ध अपिल गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment