Comments Add Comment

विश्वविजेता रोनाल्डिन्होको डाउनफल

३ चैत, काठमाडौं । रोनाल्डिन्हो नाम सुन्नासाथ फुटबल प्रेमीहरूको दिमागमा कलात्मक फुटबल, लामो कपाल पालेको हँसिलो अनुहार अनि विश्वकप २००२ मा इंग्लयाण्डविरुद्ध गरेको चर्चित फ्रिकिक गोलको याद आउँछ ।

उनले ब्राजिलका लागि कोपा अमेरिका र विश्वकप जिते । स्पेनमा बार्सिलोनाबाट ला लिगा र च्याम्पियन्स लिग जिते । इटलीमा एसी मिलानबाट सिरी ए पनि जिते ।दुई पटक फिफा प्लेअर अफ दि इअर र एक पटक बालोन डे’ओर अवार्ड जिते ।३९ वर्षीय उनको फुटबल करियर लोभलाग्दो नै रह्यो ।

तर उनको जीवन पनि सधैँ यस्तै रहेन ।

हाल उनी पाराग्वे जेलमा समय बिताइरहेका छन् ।स्पेनिस अनलाइन मार्काले रोनाल्डन्हो डाउनफल कसरी भयो भनेर लेखेको छ, जसको सम्पादित अंश यस्तो छ ।

रोनाल्डिन्होको क्षमता अद्भुत छ, तर व्यावसायिक फुटबलमा उनको करियर अरुले सोचेजस्तो रहेन । उनी फुटबल आफ्नो ठूलो प्रेम हो भनेर सजग थिए । पछि यो नै सबै होइन भन्ने निर्णयमा पुगे । उनी २-३ वर्ष उच्च फर्ममा रहे ।

बार्सिलोनाका पूर्वअध्यक्ष जोआन लापोर्टाले सन् २००३ मा पीएसजीबाट अनुबन्ध गरेपछि रोनाल्डिन्होको चर्चा शुरु भएको थियो ।

पीएसजीका उनका प्रशिक्षक लुइस फर्नांडेजले खुलासा गरेका छन् कि रोनाल्डिन्होमा रणनीतिक अनुशासनको अभाव थियो र पार्टी गर्न रुचाउँथे ।’टिम भेट हुँदा महिलाहरुलाई कोठामा ल्याइन्थ्यो,’ फर्नान्डेजले आफ्नो संस्मरणमा भनेका थिए ।

बार्सिलोनामा रहँदा उनको जीवनशैलीले उनलाई विश्वकै उत्कृष्ट खेलाडी हुनबाट रोक्न सकेन । दुवै पक्षलाई एक अर्का चाहिएको थियो । किनकी बार्सिलोना पनि १० वर्षको संघर्षपछि पुनर्निमाणको अवस्थामा थियो ।

उनले बार्सालाई ला लिगा, च्याम्पियन्स लिगजस्ता उपाधि दिलाए।उसको मुस्कान र कलात्मकताले क्याम्प नोउलाई उत्प्रेरित गर्‍यो ।

रोनाल्डिन्हो जीवनमा रमझमको दुई माध्यम थियो । एक फुटबल र दोस्रो रातको रमझम ।

सेभिलाबिरूद्ध त्यो खेल अर्को दिनको बिहानको घडीसम्म चल्यो र रोनाल्डिन्हो उत्साहित भीडको अगाडि आफ्नो प्रतिभा प्रदर्शन गर्‍यो ।

बार्सिलोनाको डेब्यु खेलमा रोनाल्डिन्होले सेभियासँग खेल्नुपर्ने थियो । तर खेलअघिको रात उनी पार्टीमा मस्त थिए।

तर पहिलो होम डेब्युमै रोनाल्डिन्होले सबैको मन जिते । बार्सिलोनाको उचाइमा रोनाल्डिन्होले इँटा थप्ने काम गरे ।

बार्सामा अनुबन्ध भएपछिको सुरुवाती दिनहरुमा उनको जीवनशैली कुनै समस्या बनेन । तर जब उनले बार्सिलोनाबाट सन् २००६ मा च्याम्पियस लिग जित्यो, त्यसयता उनको दैनिकीमा परिवर्तन हुन थाल्यो ।

बिहानसम्म पार्टी, डिस्को, रमझममा व्यस्त भएका रोनाल्डिन्होका भिडियोहरु सार्वजनिक हुन थाले । रोनाल्डिन्हो अभ्यासमा उपस्थित नभएपनि क्लबले उनको बचाउ गर्दै आएको थियो ।तर जब २००८ मा पेप ग्वार्डिओला बार्सिलोनाका प्रशिक्षक बने, क्लबले रोनाल्डिन्होको बचाउ गर्न छाड्यो ।

रोनाल्डिन्होको उत्तराधिकारीको रुपमा ग्वार्डिओलाले लिओनल मेस्सीलाई ल्याए । ड्रेसिङ रुममा रोनाल्डिन्होको खराब परिचय थियो ।

ग्वार्डिओलाले आफ्नो नयाँ टोलीमा रोनाल्डिन्होलाई स्थान नदिने बताएपछि २००८ मा नै रोनाल्डिन्होले एसी मिलान अनुबन्ध भए ।

त्यो नै रोनाल्डिन्होको जीवनको टर्निङ प्वाइन्ट भयो ।

रोनाल्डीन्होले रमाइलोका लागि पैसाको कुनै मतलव गरेनन् । रोनाल्डिन्हो दिनरभको लागि पार्टी गर्थे तर उनले भित्रभित्रै बुझिरहेका थिए कि केही गल्ती भइरहेको छ ।

रोनाल्डिन्होले आफ्नो पुरानो फर्मलाई न इटलीमा देखाउन सके न त ब्राजिलको राष्ट्रिय टिममा ।

एक रात, मिलानको डिस्कोमा रमाइलो गरिररहँदा उनका फ्यानले उनलाई घर जान दबाव दिएका थिए । त्यसको भोलिपल्ट मिलान डर्बीमा एसी मिलानले खेल्दै थियो ।

केही वर्षपछि, बार्सिलोनाले रोनाल्डिन्होलाई आफ्नो क्लबको सद्भावना दूत घोषणा गरेको थियो । तर जुन दिन उनी क्याम्प नोउमा हुनुपर्ने थिए, त्यतिबेला उनी स्पेनको कास्टेलडेफल्स समुन्द्री किनारमा फुटबल खेलिरहेका थिए ।

त्यसपछि राजनीतिक विवादमा परे । रोनाल्डिन्हो ब्राजिलका हालका राष्ट्रपति जैर बोल्सोनारोको समर्थनमा सार्वजनिक रुपमा देखिए । ब्राजिलको न्यायालयसँग उनको खटपट देखियो, जसले गर्दा उनले जरिवाना समेत तिर्नुपर्‍यो ।

सन् २०१८ मा रोनाल्डिन्होले आफू ऋण तिर्न नसक्ने अवस्थामा रहेको बताए, त्यसबेला उनको बैंक खातामा मात्र ६ युरो बाँकी रहेको खबरहरु आएको थियो । एकपटक त उनी जेल चलान हुनबाट जोगिए ।

तर यतिबेला उनी सफल भएनन् । रोनाल्डिन्हो र उनका भाइ नक्कली पासपोर्ट लिएर पाराग्वे पुगेका कारण पाराग्वेको जेलमा छन् ।रोनाल्डिन्होका वकिलले रोनाल्डिन्हो मुर्ख रहेकाले यस्तो अवस्थामा रहनुपरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment