+
+
Shares

लगानी कोषलाई ओलीको सुझाव– आफ्नो मात्र होइन, देश विकासमा पनि योगदान गर्नू

बैंक तथा वित्तीय संस्थामा मात्र लगानी केन्द्रित नगर्न सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते ९:०९

४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक लगानी कोषलाई आफ्नो मात्र विकास नगरी देशको विकासमा पनि योगदान पुर्याउन सुझाव दिएका छन् । साथै बैंक तथा वित्तीय संस्थामा मात्र लगानी केन्द्रित नगर्न पनि कोषलाई प्रधानमन्त्रीको सुझाव छ ।

कोषको ३० औं वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो सुझाव दिएका हुन् । प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा लेखिएको छ, ‘अबका दिनमा कोषले आफ्नो संस्थाको मात्र विकास नगरी देशको विकासका लागि पनि योगदान पुर्याउनुपर्छ ।’

देश आर्थिक समृद्धिको अभियानमा अग्रसर रहेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो बेला नागरिक लगानी कोषले बैंक तथा वित्तीय संस्थामा मात्रै आफ्नो लगानी केन्द्रित नगरी भौतिक पूर्वाधार, ऊर्जालगायतका क्षेत्रमा पनि लगानी गर्ने विश्वास व्यक्त गरेका छन् । ‘चालु आर्थिक वर्षको पुस मसान्तसम्म जम्मा भएको कोषलाई आर्थिक प्रतिफल दिने परियोजना, वातावरणमैत्री आयोजना, प्रतिफलदायी भौतिक पूर्वाधार, खानेपानी, ऊर्जा, सिँचाइ, शिक्षालगायत परियोजनामा लगानी गर्नेछ भन्ने मेरो विश्वास छ,’ प्रधानमन्त्रीले भनेका छन् ।

आर्थिक समृद्धिलाई सामाजिक न्याय र समानताको जगमा उभ्याइ नेपाललाई उच्च आय भएको मुलुकमा रुपान्तरण गरी समृद्ध नेपाल–सुखी नेपालीको साझा राष्ट्रिय आकांक्षा पूरा गर्न कोषले अहम् भूमिका खेल्ने अपेक्षा पनि प्रधानमन्त्री ओलीले गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?