Comments Add Comment

भीमले किन गरे यी महारथीहरुको वध ?

पान्डवहरुका पाँच भाइहरुमध्ये दोस्रो छोराको नाम भीम । भनिन्छ, भीमसँग दश हजार हात्तीको बल थियो । उनी युद्धमा पनि पारंगत थिए । एकपटक उनले आफ्नो हातले नर्मदाको प्रवाह नै रोकिदिएका थिए ।

भीमलाई पवनपुत्र पनि भनिन्छ । भीमका पुत्र घटोल्कच त भीमभन्दा पनि धेरै शक्तिशाली थिए । घटोल्कचका पुत्र बर्बरिक त झन् सबैभन्दा महान् थिए । भीमले आफ्नो जीवनमा विभिन्न शक्तिशाली मानिसहरुको एक्लै वध गरेका थिए । जुन निम्न अनुसार छन् ।

जरासन्ध

सबैभन्दा शक्तिशाली सम्राट मगधराज जरासन्धलाई मार्न असम्भव थियो । उनी कंशका ससुरा थिए । उनलाई कसैले दुई टुक्रा गरे पनि पुनः जोडिने वरदान प्राप्त थियो । भीम र जरासन्धको मैदानमा भयंकर युद्ध भयो । भीमले जरासन्धलाई धेरै पटक दुई टुक्रा गरिदिए, तर उनी पुनः जोडिएर भीमसंग युद्ध गर्न थाल्दथे । लामो समयको युद्धले भीम थाकिसकेका थिए ।

युद्धको १४ औं दिनमा भगवान कृष्णले एउटा सिन्कालाई बीचमा भाँचेर त्यसको दुवै भागलाई विपरित दिशामा फ्याँकिदिए । भीमले भगवान कृष्णको इशारा बुझे र उनले त्यस्तै गरे ।

उनले जरासन्धलाई बीचमा च्यातेर दुई भागहरुलाई एक-अर्काको विपरीत दिशा तिर फ्याँकिदिए । यसरी उनले जरासन्धको अन्त्य गरिदिए । किनभने दुई विपरीत दिशामा फ्याँकेकोले दुवै च्यातिएका टुक्राहरु जोडिन पाएनन् ।

हिडिम्बको वध

एक दिन पाँच पाण्डव जंगलमा सुतिरहेका थिए । जंगलमा राक्षस हिडिम्बको आतंक मच्चिएको थियो । उनले आफ्नी पुत्री हिडिम्बासंग आफ्ना लागि कुनै मनुष्यको मासु ल्याउन अहृ्ाए । हिडिम्बा जंगलमा गइन् ।  त्यहा उनले भीमलाई देखिन् । भीमलाई देखेर उनी मोहित भइन् र मन-मनै उसंग विवाह गर्ने बारेमा सोच्न थालिन् । उनले भेष बद्लेर भीमको अगाडि प्रस्तुत भइन् ।

त्यही समयमा उनका पीता हिडिम्ब त्यहाँ आइपुगे । भीमको भीमकाय शरीर देखेपछि हिडिम्बले छोरीलाई सोधे- ‘के तिमी एक्लै यस्तो हृष्ठ-पुष्ठ मानिसलाई खान चाहन्छौ ?’ हिडिम्बले भीममाथि आक्रमण गर्न थाले ।

हिडिम्बाले त्यो हमलामा भीमको साथ दिइन् । भीम र हिडिम्बको भयानक युद्ध भयो । अन्त्यमा हिडिम्ब मारिए । त्यसपछि हिडिम्बाले धेरै बिन्ती गरेपछि कुन्तिले उनको विवाह भीमसंग गरिदिइन् ।

किच्चक वध

भीमले मत्स्य वंशका राजा किच्चकको वध गरेका थिए । किनभने उसले द्रौपदीसंग दुव्र्यवहार गरेका थिए । अज्ञातवासको क्रममा पाँच पाण्डव मत्स्य नरेश विराटको राजधानी विराटनगरमा कंक, बल्लव, वृहन्नला, तन्तिपाल तथा ग्रान्थिक र रेरन्ध्रीसंग बस्थे । त्यहाँ राजा विराटका साला किच्चक आफ्नी बहिनी सुदेष्णालाई भेट्न आएका थिए । जब उनको दृष्टि द्रौपदीमा पर्‍यो, त्यसपछि उनी काम- पीडित भए र उनले द्रौपदीसंग एकान्तमा भेट्ने अवसर खोज्न थाले ।

त्यो कुरा जब द्रौपदीले भीमलाई बताईन्, भीमले एउटा उपाय निकाले । भीमले द्रौपतीसंग भने-‘तिमी त्यो दुष्ट किच्चकलाई अर्द्धरात्रिमा नृत्यशालामा भेट्ने सन्देश देउ । नृत्यशालामा तिम्रो ठाउँमा म गएर बस्छु, जब त्यो तिमी भनेर मेरो नजिक आउँछ, अनि म त्यसको वध गर्छु ।’ भीमले त्यसै गरे र किच्चकको वध भयो ।

दुस्शासनको वध

द्रौपदीको चीरहरणको बदला लिनका लागि भीमले युद्धको क्रममा दुस्शासनको छाति च्यातेर उसको रक्तपान गरेका थिए । १०० कौरवहरु मध्येबाट ९७ जनालाई भीमले एक्लै मारेका थिए । यसबाहेक अभिमन्युलाई मार्ने दुस्शासनको पुत्र दुर्मासनलाई पनि भीमले नै मारेका थिए । कर्णका ९ जना पुत्रहरुलाई पनि भीम, अर्जुन र नकुल-सहदेव मिलेर मारेका थिए । भीमको कलिङ र निषादहरुसंग पनि युद्ध गरेका थिए र उनले यिनीहरु सबैलाई मारेका थिए ।

दुर्योधनको वध

महाभारतको युद्धपछि दुर्योधन कतै गएर लुकेका थिए । पाण्डवहरुले उनलाई भेटे,  तब दुर्योधन र भीमको गदा युद्ध भयो । यो युद्ध हेर्नका लागि बलराम पनि उपस्थित भएका थिए । भीमले दुर्योधनलाई मार्न विभिन्न किसिमका यन्त्रहरुको प्रयोग गर्दा पनि दुर्योधनको वध गर्न सकेका थिएनन्,  किनभने दुर्योधनको शरीर वज्र जस्तै कठोर थियो । त्यस्तो समयमा श्रीकृष्णले आफ्नो जाँघ ठोकेर भीमलाई संकेत दिएका थिए, जसलाई भीमले बुझे । त्यसपछि भीमले दुर्योधनको जाँघमा प्रहार गरे र अन्त्यमा उनले दुर्योधनको जाँघ उखालेर फ्याँकि दिए । दुर्योधन रगतले लतपतिएर रणभुमिमा लडेका थिए, पछि उनको मृत्यु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment