Comments Add Comment

प्राचीन चिनियाँ उपचार पद्धति : अहिले पनि उत्तिकै उपयोगी

प्राचीन चिनियाँ स्वास्थ्य तथा उपचार पद्धति अहिलेको जमानामा पनि निकै महत्वपूर्ण मानिन्छ । प्राचीन चिकित्सा प्रणालीमा चीन हजारौं वर्षदेखि नै अगाडि रहँदै आएको छ । अहिले पनि चीनबाट निस्केको उपचार पद्धतिको प्रयोग हुँदै आएको हो ।

अन्य मुलुकमा केही रोगको संक्रमण भयो भने सामान्य हिसाबमा डक्टरलाई देखाएर औषधि खाइन्छ । प्राचीन चीनमा पनि डक्टरहरु हुन्थे । तर, उनीहरु कुनै रोग लाग्नुभन्दा पहिला नै त्यसबाट बच्नु उचित हो भन्नेमा विश्वास गर्थे ।

आजभन्दा करिब २ हजार वर्षअघि चीन स्वास्थ्य र उपचारमा सबैभन्दा अगाडि थियो । हान वंशको पालानामा करिब १०० बीसीमा चीन विश्वमा सबैभन्दा राम्रा डक्टर भएको मुलुकमा गनिन्थ्यो ।

सन् ६०० को दशकमा टाङ वंशको पालामा पनि चीन उपचारमा अब्बल थियो । चिनियाँले समग्र विश्वलाई सफाइमा ध्यान दिन सिकाएका थिए । उनीहरुले पानीलाई पिउनुअघि उमालेर मात्र पिउनुपर्छ भन्ने कुरा सिकाए । साथै स्वस्थ खाना खाने, अभ्यास गर्ने र तनाव नलिने जस्ता स्वास्थ्य शिक्षा उनीहरुले सिकाएका थिए ।

परम्परागत चिनियाँ उपचार

परम्परागत चिनियाँ उपचार अर्थात् टीसीएम मानिसको शरीरको घाउ पुर्ने एक प्रणाली हो । यसको महत्वपूर्ण भाग यिन याङ हो । यिन याङले सन्तुलनलाई बुझाउँछ । हाम्रो हातलाई हत्केला माथितिर फर्काई राख्दा देखिने माथिल्लो भाग यिन भाग हो । त्यसको पछाडिको भागलाई याङ भनिन्छ ।

यी दुई फरक कुरा हुन् । तर, एक अर्काको विना पूरा हुन सक्दैनन् । हत्केलातर्फको भागले रात बुझाउँछ भने याङले दिनलाई बुझाउँछ । यिन याङको संकेतले सन्तुलन कति महत्वपूर्ण कुरा हो भन्ने कुरा सिकाउँछ । यदि शरीरमा सन्तुलन भएन भने मानिस बिरामि हुन्छ भन्ने कुरामा प्राचीन चिनियाँ डक्टर विश्वास गर्थे ।

टीसीएमको अकार्मे महत्वपूर्ण भाग चाइ हो । यो जीवन, शक्ति र ऊर्जा हो । कराँतेका शिक्षकले पनि कुङ फुमा यसको प्रयोग कसरी गर्न सकिन्छ भनेर सिकाउने गरेका छन् । चिनियाँ प्रचीन उपचार पद्धतिमा चाइ मानिसको शरीरभरी फैलिने र यदि यसको सन्तुलन मिलेन र अवरोध सृजना भएको अवस्थामा मानिस बिरामि पर्ने विश्वास गरिन्छ ।

टीसीएमका प्रकार

परम्परागत चिनियाँ पद्धतिले कसरी काम गर्छ ? यिन याङ र चाइलाई कसरी सन्तुलनमा राख्ने त ? त्यसको एक उपाय अक्युपञ्चर हो । यो साना ब्लेडको प्रयोग गरेर चाइलाई बाटो खोल्ने एक उपाय हो ।  यो उपचार पद्धतिमा प्रयोग गरिने साना पिनहरु चाइ रोकिएको स्थानमा राखिन्छ ।

धेरै मानिसहरु यसबाट कुनै चोट नपुग्ने तर यसको माध्यमबाट छाला चिलाउनेजस्ता समस्या भने देखिने उनीहरुको भनाइ छ । अक्युपञ्चरको शुरुवात ४ हजार वर्षअघि शाङ वंशको पालामा शुरु भएको थियो । जुन अहिले पनि प्रयोग भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment