+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जंगीअड्डाको डेमो क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको पूर्वाभ्यास (फोटो फिचर)

चन्द्र आले चन्द्र आले
२०७६ चैत ५ गते १५:२१

५ चैत, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा देखिए के गर्ने भन्ने विषयमा सेनाले पूर्वाभ्यास गरेको छ ।

नेपाली सेनाले बुधबार जंगीअड्डामा कोरोना भाइरस संक्रमितको उपचार तयारी र विधिबारे स्वास्थ्यकर्मी र प्राविधिक टोलीलाई तालिम दिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार ५२ जना स्वास्थकर्मी र प्राविधिक टोलीसहित १ सय ८१ जना तालिम दिइएको छ ।

तालिम सञ्चालनका लागि भद्रकालीस्थित चौरमा सेनाले ४८ वटा टेन्टभित्र नमूना क्वारेन्टाइनस्थल बनाएको थियो । ‘संक्रमितलाई राख्ने क्वारेन्टाइन कस्तो हुन्छ ?, संक्रमितलाई कहाँ–कसरी राखिन्छ ?, कसरी उपचार गरिन्छ ? भनेर डेमोस्ट्रेसन देखाएका छौं’, सहायक रथी पाण्डेले अनलाइनखबरसँग भने, ‘यहाँ देखेर, सिकेर उनीहरुले आ–आफ्नो क्षेत्रमा त्यहीअनुसार गरुन् भन्ने हाम्रो उद्देश्य हो ।’

पाण्डेका अनुसार तालिम सञ्चालनका लागि भद्रकालीमा हाल ५४ वटा टेन्ट राखिएका थिए । प्रत्येक टेन्टभित्र दुई जनालाई उपचारका लागि राखिन्छ । दुई जना बिरामीलाई अलग–अलग दुईवटा शौचालय र पानीको व्यवस्था गरिएको थियो ।

तालिममा पोखरा, इटहरी र नेपालगञ्जस्थित सेनिक अस्पतालका चिकित्सकसहित फिल्ड एम्बुलेन्स र ओपीडीका चिकित्सकहरु सहभागी थिए । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार सेनाले पोखरा, इटहरी र नेपालगञ्जमा गरी ६ वटा आइसोलेसन कक्ष पनि स्थापना गरिसकेको छ । सेनाले आफ्ना काठमाडौंसहितका अस्पतालहरुमा गरी ५२ वटा आइसोलेसन बेड तयार गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?