Comments Add Comment

गोरखा संग्रहालय ४३ दिन बन्द हुने

५ चैत, गोरखा । कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न गोरखा संग्रहालय ४३ दिन बन्द हुने भएको छ ।

बिहीवारबाट वैशाख १८ गतेसम्म संग्रहालय बन्द गरिने संग्रहालय प्रमुख नवराज अधिकारीले बताए ।

‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बिहीबार बसेको बैठकले संस्कृति तथा पर्यटनसँग सबन्धित नाच घर, संग्रहालय बन्द गर्ने निर्णय गर्‍यो’ उनले भने, ‘त्यही निर्णयअनुसार पुरातत्व विभागले हामीलाई बन्द गराउन निर्देशन दिएको छ ।’

उनका अनुसार कार्यालय खुले पनि संग्रहालयको प्रदर्शनी कक्षहरु बन्द रहने छन् । ‘मान्छेको जमघट नहोस् भनेर यो निर्णय गरिएको हो, हाम्रो प्रशासनिक कामहरु चल्छन् तर भिजिटरहरुका लागि ग्यालरी खुल्दैनन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment