Comments Add Comment

विद्यालयमा क्वारेन्टाइन, धागो कारखानामा आइसोलेटेड वेड

चैत ५, बुटवल । बुटवल उपमहानगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन विद्यालयहरुलाई क्वारेन्टाइन स्थलका रुपमा प्रयोग गर्ने तयारी गरेको छ ।

पहिलो चरणमा बुटवलका चारवटा सामुदायिक विद्यालयका ४० वटा कोठालाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने तयारी छ । त्यसको विशेषज्ञहरुले निरिक्षण समेत गरेका छन् ।

यस्तै लुम्बिनी प्रादेशिकसहित निजी अस्पतालमा गरी ३४ वटा आइसोलेटेड वेड तयारी अवस्थामा राखिएको छ । सामुदायिक तथा निजी अस्पतालहरुमा व्यवस्था गरिएका आइसोलेटेड वेडहरुमा प्रादेशिक अस्पतालबाट रिफर भएकाहरुलाई मात्र भर्ना गरिनेछ ।

थप आइसोलेटेड वेड चाहिएमा बन्द अवस्थामा रहेको बुटवल धागो कारखानाका भवनहरुलाई समेत उपयोग गर्ने निर्णय भएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

सुवेदीको अध्यक्षतमा बुधबार बसेको बैठकमा प्रदेश ५ सरकरको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रादेशिक अस्पतालका प्रतिनिधि, सामुदायिक तथा निजी अस्पतालका सञ्चालक, स्वास्थ्यकर्मी र विशेषज्ञहरुको सहभागिता थियो ।

‘अस्थायी आइसोलेटेड वेडका लागि धागो कारखानाका उपयुक्त भवनहरु प्रयोग गर्नेगरी त्यसको प्रक्रिया पूरा गर्न प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय गरेका छौं’ उनले भने ।

यस्तै क्वारेन्टाइनका लागि छनोट भएका चार विद्यालयका ४० वटा कोठा पर्सि ७ गतेदेखि प्रयोगमा ल्याउन सकिने गरी तयारी अवस्थामा छन् र त्यसको विवरण प्रदेश सरकारलाई गराउने निर्णय गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

छनोट भएका विद्यालयहरु बस्ती भन्दा केही पर र क्वारेन्टाइनका लागि उपयुक्त रहेको उपमहानगरका स्वास्थ्य तथा जनशंख्या महाशाखा प्रमुख मित्रमणि खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment