Comments Add Comment

गुगलको नयाँ फिचर, अब भाषा अनुवाद झनै सहज

गुगलले आफ्नो गुगल ट्रान्सलेट सर्भिसका लागि ट्रान्सक्रिप्सन फिचर सुरु गरेको छ । गत जनवरीमा सार्वजनिक गरिएको उक्त फिचर अन्ततः गुगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताका लागि सुरु गरेको छ ।

यो फिचरको सहयोगले प्रयोगकर्ताले कुनै एक भाषामा बोली रेकर्ड गराउनेछन् र त्यसलाई स्मार्टफोनले अक्षरमा रुपान्तरण गरेर भाषा समेत अनुवाद गर्नेछ ।

विशेष त के भने यस्तो रुपान्तरण रियल टाइममा हुनेछ, अर्थात् बोलीलाई भाषामा रुपान्तरण गरी अनुवाद गर्नका लागि थप समय लाग्ने छैन ।

छिट्टै सबै एन्ड्रोइड डिभाइसमा उपलब्ध हुने

गुगलले घोषणा गरेको छ कि यो फिचर यहीँ हप्ताको अन्त्यसम्ममा सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । अहिलेका लागि यो फिचरले अंग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, रसियन, पोर्चुगिज, थाइ र स्पेनिस भाषा मात्र सपोर्ट गर्दछ ।

हिज्जेको गल्तीलाई आफै सच्चाउने

गुगलको यो नयाँ अनुवाद फिचरलाई लाइभ भाषण, प्रवचन तथा अन्य इभेन्टहरुमा प्रयोग गर्न सकिनेछ । गुगलका अनुसार ट्रान्सक्रिप्सन फिचरले पूरा वाक्यको अडियोलाई एकसाथ पहिचान गरी रुपान्तरण गर्दछ । अक्षरमा रुपान्तरण गर्दा हिज्जेमा हुने गल्तीलाई समेत अटोकरेक्ट अर्थात् आफै सच्चाउने गर्दछ । साथै भाषा अनुवादमा व्याकरणका गल्ती पनि कम हुने बताइएको छ ।

डार्क थिम समेत उपलब्ध

गुगलको यो नयाँ फिचरलाई प्रयोग गर्नका लागि एन्ड्रोइडको ट्रान्सलेट एपको लेटेष्ट भर्सन अपडेट गर्नुपर्दछ । त्यसपछि होम स्क्रिनमा दिइएको Transcribe आइकनमा ट्याप गर्ने अनि Source अप्सन सेलेक्ट गरी ड्रपडाउन मेनूबाट Target Language छनाेट गर्ने ।

प्रयोगकर्ताले ट्रान्सक्रिप्सनलाई माइक आइकनमा ट्याप गरी रोक्न वा पुनः सुरु गर्न पनि सक्नेछन् । साथै यो फिचर डार्क मोड थिममा पनि उपलब्ध हुनेछ, जसलाई सेटिंग्स मेन्यूमा गएर छनोट गर्नुपर्नेछ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment