Comments Add Comment

रामेछापका तीन अस्पतालमा आइसोलेसन वार्ड

६ चैत, रामेछाप । कोरोना भाइरस (कोभिड-१९) फैलन सक्ने सम्भावित खतरालाई ध्यानमा राखी रामेछापका तीन वटा अस्पातालहरुमा ‘आइसोलेसन वार्ड’ स्थापना गरिएको छ । जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा एक र बाँकी दुई स्थानमा आइसोलेसन वार्ड स्थापना भएको हो ।

जिल्ला अस्पताल रामेछापका सूचना अधिकारी दिपेन्द्र श्रेष्ठका अनुसार कोरोना भाइसरको संभावित खतरालाई मध्यनजर गरी जिल्ला अस्पताल रामेछापमा २ वटा आइसोलेसन वार्ड स्थापना गरिएको । अहिले आइसोलेसन वार्डमा दुई वटा मात्रै वेड राखिएको भए पनि आवश्यकता अनुसार अन्य वेडहरु थप्न सकिने उनले बताए । आइसोलेसन कक्षमा आवश्यक सबै सामग्रीहरुको व्यवस्था गएिको उनले बताए ।

सदरमुकाम मन्थलीमा सञ्चालित २ वटा अस्पतालमा पनि आइसोलेसन वार्ड स्थापना गरिएको छ । मन्थलीको तामाकोशी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा शंकास्पद बिरामीको परिक्षण तथा उपचारका लागि आइसोलेसन वार्डहरु स्थापना गरिएको मन्थली नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख केशव फुँयालले बताए ।

गत फागुन २३ गते जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको बैठकमा मन्थली प्राथमिक स्वाथ्य केन्द्र, तामाकोसी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय भएको थियो ।

यसै बीच कोरोना संक्रमणको त्रास फैलिरहेको बेला रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा सर्जरी मास्कको अभाव भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment