+
+
Shares

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको पठनपाठन एक महिना बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १३:५०

६ चैत, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतले एक महिनाका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै सरकारले बुधबार गरेको निर्णयअनुसार विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसको पठनपाठन बन्द गर्ने निर्णय गरिएको विश्वविद्यालयले बताएको छ ।

विहीबारदेखिनै लागू हुने गरी चैत मसान्तसम्म सबै क्याम्पसको पठनपाठन बन्न हुने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

बुधबार मात्रै कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाबाट सतर्क रहन सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?