+
+
Shares

रोल्पाको बाङ्मामा सांस्कृतिक सभा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १८:१३

६ चैत, रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भावाङको बाङ्मामा सांस्कृतिक सभा गरिएको छ । २२ औं सांस्कृतिक शहीद दिवसको अवसर पारेर २० वर्षअघि ११ जना कलाकार मारिएको बाङ्मामा सांस्कृतिक सभा गरिएको हो ।

हत्याको २० वर्षपछि जनसांस्कृतिक महासंघ दाङले सांस्कृतिक सभा गरेको छ । अनेकोटमा २०५५ चैत ५ गते कलाकारको सामूहिक हत्या भएको दिन पारेर हरेक वर्ष सांस्कृतिक शहीद दिवस मनाइन्छ ।

कार्यक्रमका बोल्ने वक्ताहरुले एकैथलोमा ११ जना कलाकार मारिएको स्थान बाङ्मालाई बलिदानस्थल घोषणा गरी विकास ऐतिहासिक स्मारकहरु बनाउन माग गरेका थिए । कलाकारको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन समेत उनीहरुले माग गरे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रोल्पाका अध्यक्ष सुरेन्द्र घर्ती, नेकपाकी नेतृ हरिसरा घर्ती, जनसांस्कृतिक महासंघका कर्णाली प्रदेश संयोजक भीम कुमाखी, जनसांस्कृतिक महासंघ दाङका अध्यक्ष टीका बुढा ‘रञ्जित’  लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा जनवादी कलाकारहरुले सांगीतिक प्रस्तुति देखाएका थिए भने शहीद परिवारलाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?