+

म्यानचेस्टर युनाइटेडका पूर्वमिडफिल्डर फेलाइनीलाई कोरोना

२०७६ चैत  ९ गते १०:४० २०७६ चैत ९ गते १०:४०
म्यानचेस्टर युनाइटेडका पूर्वमिडफिल्डर फेलाइनीलाई कोरोना

काठमाडौं । फुटबलर माराउने फेइलानीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । म्यानचेस्टर युनाइटेड र एभरटनका पूर्वमिडफिल्डर रहेका फेलाइनी कोरोना संक्रमित हुने चाइनिज सुपर लिगका पहिलो खेलाडी हुन् ।

३२ वर्षीय बेल्जियन मिडफिल्डर फेलाइनीको परीक्षणको क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको छ । फेलाइनी शुक्रबार मात्र चीनको जिनान पुगेका थिए ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ । तर चीनमा भने यसको असर कम हुँदै गएको छ ।

यसअघि नै इटालियन क्लब युभेन्ट्सबाट खेल्ने ड्यानिएल रुगानी र पाउलो डिबलालाई पनि कोरोना पोजिटिभ देखिएको छ । रियल मड्रिडका पूर्वअध्यक्ष लरेन्जो सान्जको त कोरोना संक्रमणका कारण शनिबार ज्यानै गएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय