Comments Add Comment

घोडाघोडी नगरपालिकाले आइसोलेसन वार्ड बनाउँदै

९ चैत्र कैलाली । कोरोना संक्रमण रोकथामका लागि कैलालीको घोडाघोडी नगरपालिकाले आइसोलेसन वार्ड तयार गर्दै छ ।

शनिबार बसेको घोडाघोडी नगरपालिकाको कार्यपालिकाको आकस्मिक बैठकले आइतबार साँझबाटै सञ्चालनमा ल्याउने गरी १३ बेडको आइसोलेसन वार्ड तयार गर्ने निर्णय गरेको नगर प्रमुख ममताप्रसाद चौधरीले जानकारी जानकारी दिए ।

‘मध्य क्षेत्रमा रहेको हाम्रो नगरपालिका पनि जोखिममा छ,’ उनले भने, ‘त्यही जोखिम कम गर्न हामीले आइसोलेसन वार्ड तयार गर्न थालेका हौं ।’

घोडाघोडी नगरपालिका-१ सुखडमा रहेको भिजन अस्पतालको खाली भवनमा १३ बेडको आइसोलेसन वार्ड तयार गर्ने कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बताए । ‘हामी लागिरहेका छौं,’ उनले भने, ‘आज साँझसम्म वार्ड तयार हुन्छ ।’

नगरपालिकाले आइसोलेसन वार्ड तयार गरे नगरपालिकामा हुन सक्ने सम्भावित जोखिमबाट बच्न सकिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment