
९ चैत, काठमाडौं । नेपाल होस्टल एशोसिएसनले सबै होस्टलहरु बन्द गर्ने निर्णय गरेको छ ।
कारोना संक्रमण फैलिन नदिन सरकारले सबै शैक्षिक सँस्था बन्द गर्नुका साथै २५ जनाभन्दा धेरै नागरिक भेला हुन बन्देज लगाएकोले एशोसिएसनले होस्टल बन्द गर्ने निर्णय गरेको हो ।
होस्टलमा पनि धेरै व्यक्तिहरु जम्मा हुने भएकोले सरकारको निर्णयलाई कार्यान्वयन गर्न बन्द गर्ने निर्णय गरेको एशोसिएसनले जनाएको छ ।
साथै, व्यवसायीले ठूलो क्षती व्यहोर्नु परेकोले राहतको प्याकेज घोषणा गर्दा होस्टल व्यवशायीहरुलाई समेत प्राथमिकतामा राख्न एशोसिएसनले सरकारसँग माग गरेको छ ।
एशोसिएसनले घरबेटीसँग भाडा छुट गर्न र सरकारसँग बहाल कर छुट गर्न माग गरेको छ ।
काठमाडौंसहित देशैभर एक हजारको हाराहारीमा होस्टलहरु सञ्चालनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4