Comments Add Comment

क्यानडा र अस्ट्रेलियाले ओलम्पिकमा खेलाडी नपठाउने

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण क्यानडा र अस्ट्रलियाले जापानमा हुने ओलम्पिकमा आफ्नो खेलाडी नपठाउने भएका छन् ।

कोरोना महामारीका कारण क्यानडाले जुलाई र अगष्टमा हुने टोकियो ओलम्पिक स्थगित गर्नुपर्ने मागसमेत गरेको छ । ओलम्पिक स्थगित नभएमा खेलाडी नपठाउने निर्णय क्यानडाले गरेको छ।

क्यानडाको ओलम्पिक कमिटी र पारा ओलम्पिक कमिटीले खेलाडीको स्वास्थ्य ठूलो विषय रहेको भन्दै यो निर्णय गरेको हो ।

यो खेलाडीको मात्र स्वास्थ्यको विषय होइन, अब यो सर्वसाधारणको स्वास्थ्यको विषय बनिसकेको छ,’ क्यानेडियन ओलम्पिक कमिटी र पाराओलम्पिक कमिटीले भनेको छ ।

यसअघि विभिन्न देशको ओलम्पिक कमिटीले टोकियो २०२० ओलम्पिक स्थगित गर्नुपर्ने प्रस्ताव राख्दै आए पनि ओलम्पिक स्थगित नगरेका खेलाडी नपठाउने निर्णय गर्ने क्यानडा पहिलो राष्ट्र हो ।

यस्तै, अस्ट्रेलियाले पनि टोकियो ओलम्पिकमा खेलाडी नपठाउने निर्णय गरेको छ । त्यहाँको ओलम्पिक कमिटीले सर्वसम्मत रूपमा यो निर्णय गरेको हो ।

जापानको टोकियोमा यसै वर्ष आयोजना हुने ओलम्पिक खेलकुद स्थगित नभए क्यानडाले आफ्ना खेलाडी नपठाउने भएको छ ।

टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तालिका छ । आइतबार मात्रै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले टोकियो ओलम्पिकबारे चार सातापछि अन्तिम निर्णय गर्ने बताएको थियो । आईओसीले ओलम्पिक रद्द गर्न नसकिने भन्दै तत्कालका लागि स्थगित गर्ने वा एक वर्षपछि सार्ने भन्ने निर्णय गर्न चार हप्ताको समयसीमा राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment