+
+

सिंहदरबारमा सतर्कता : ज्वरो नाप्दै, सेवाग्राहीलाई भित्र पठाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते ११:४६

१० चैत, काठमाडौं । प्रमुख प्रशासनिक केन्द्र सिंहरबार प्रवेश गर्ने सेवाग्राहीको तापक्रम मापन गर्न थालिएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध लड्न आइतबारदेखि तापक्रम मापन गर्न थालिएको हो ।

ज्वरो मापनका लागि स्वास्थ्य सेवा विभागको ५ जनाको टोली सिंहदरबारको सेवाग्राही प्रवेश गर्ने दक्षिण गेटमा खटिएका छन् ।

सिंहदरबार प्रवेशका लागि आउने सेवाग्राहीमा १०० डिग्रीसम्म तापक्रम देखिएमा छुट्टै कक्षमा राखेर तापक्रम घटेपछि मात्रै प्रवेश दिइएको एक स्वास्थ्यकर्मीले बताए ।

कोरोनाको सम्भावित संक्रमणलाई ध्यान दिँदै सरकारले सतर्कता अपनाउन आग्रहको छ । सिंहदरबारलगायतका प्रशासनिक निकायमा सेवाग्राही आउने क्रम केही कम भए पनि रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?