Comments Add Comment

कोरोना राहत कोषमा सभामुखको एक महिनाको तलब

१० चैत,काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराएका छन् ।

सरकारको कोष स्थापना गर्ने निर्णको स्वागत गर्दै आफुले उक्त कोषमा जम्मा हुने गरी एक महिनाको तलब उपलब्ध गराएको सभामुख सापकोटाले बताए ।

संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखामार्फत उक्त रकम कोषमा जम्मा हुनेछ । सभामुख सापकोटाले उक्त रकम संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई बुझाएका हुन् ।

सरकारले नोवेल कोरोना भाइरस (कोभिड-१९)विरुद्ध लड्न पूर्वतयारी स्वरुप आइतबार केन्द्रीय राहत कोष खडा गरेको थियो । जसमा सरकारले ५० करोड राखेको छ ।

आइसोलेसन वार्डको पनि अनुुगमन

सोमबार सभामुख सापकोटाले संघीय संसद सचिवालयमा तयार आइसोलेसन वार्डको पनि अनुगमन गरे ।

सिंहदरबारस्थित संसद सचिवालयको १ नम्बर भवनमा आइसोलेसन वार्ड तयार गरिएको छ । उक्त वार्डको अनुगमन गर्दै उनले सबैखाले तयारीमा जुट्न सचिवालयका कर्मचारीहरुलाई निर्देश गरेका छन् ।

कोरोना भाइरस संक्रमित भेटिए अस्पताल पुर्‍याउनुअघि वार्डमा राख्ने व्यबस्था मिलाइएको संसद सचिवालय अन्तर्गतको स्वास्थ्य इकाइका डा.पुस्पराज रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment