Comments Add Comment

क्वारेन्टाइनमा बस्नेहरूको मापदण्ड पारित

१० चैत, काठमाडौं । कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले ‘कोरोना भाइरस (कोभिड १९) सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड २०७६’ तयार भएको छ । समितिको सोमबार बसेको बैठकले मापदण्ड स्वीकृत गरेको हो ।

मापदण्डमा क्वारेन्टाइनमा बस्नेले पालना गर्नुपर्ने मापदण्ड, खानपानस्तर, सरसफाई लगायतका विषयहरू समेटिएका छन् । क्वारेन्टाइनमा कति स्वास्थ्यकर्मी, नर्स रहने र तिनले पालना गर्नुपर्ने विषय के के छन् भन्ने उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा गठित कार्यदलले प्रस्तुत गरेको मापदण्ड समन्वय समितिले पारित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment