Comments Add Comment

च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल पनि स्थगित

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीले विश्व खेलकुद नै प्रभावित बनिरहेको बेला युइएफए च्याम्पियन्स लिगको फाइनल पनि स्थगित भएको छ ।

युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएले सोमवार युरोपको ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगसंगै दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको पनि फाइनल स्थगित गरेको छ ।

साथै महिला च्याम्पियन्स लिगको फाइनल पनि स्थगित गरेको छ ।

च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल आगामी मे महिनामा हुने तय थियो । अब भने फाइनल खेल अनिश्चित कालको लागि सरेको छ । युइएफएले नयाँ मिति घोषणा गरेको छैन ।

फाइनलको नयाँ मिति पछि तय गरिने युइएफएले जनाएको छ ।

कोरोना भाइरसको कारण च्याम्पियन्स लिग र युरोपा लिगको नकआउट चरणका खेलहरु प्रभावित बनिसकेको छ । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पनि आधा खेल मात्र भएको छ ।

युइएफएले युरोपक २०२० पनि एक वर्ष पछि सारेको छ ।

यस्तै युरोपका ठूला लिगहरु समेत अहिले स्थगित छ । स्पानिस ला लिग अनिश्चित कालको लागि स्थगित भएको छ भने इटालियन सिरी ए अप्रिल ३ सम्म स्थगित छ । यस्तै प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment