News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू सम्पन्न भएसँगै नकआउट चरण अर्थात् राउन्ड अफ ३२ को सबै समिकरण पूरा भएको छ।
- विश्व फुटबलको इतिहासमै पहिलो पटक ४८ टोली सहभागी महाकुम्भको समूह चरणबाट उत्कृष्ट ३२ राष्ट्रले नकआउटमा आफ्नो स्थान सुरक्षित गरेका छन्।
- राउन्ड अफ ३२ अन्तर्गत अर्जेन्टिनाले केप भर्डेसँग र ब्राजिलले जापानसँग प्रतिस्पर्धा गर्नेछन् भने अन्य खेलमा ठूला राष्ट्रहरू आमनेसामने हुनेछन्।
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को ऐतिहासिक समूह चरणका सबै खेलहरू सकिएसँगै नकआउट चरण अर्थात् ‘राउन्ड अफ ३२’ को सम्पूर्ण समिकरण पूरा भएको छ ।
विश्व फुटबलको इतिहासमै पहिलो पटक ४८ टोलीहरूले सहभागिता जनाएको यस महाकुम्भमा समूह चरणको कडा प्रतिस्पर्धाबाट उत्कृष्ट ३२ टोलीहरूले अर्को चरणको यात्रा तय गरेका छन् ।
साविक विजेता अर्जेन्टिना, फ्रान्स, ब्राजिल, इंग्ल्यान्ड र पोर्चुगल जस्ता हेभीवेट टोलीहरूले नकआउटमा आफ्नो स्थान सुरक्षित गर्दा केही ठूला राष्ट्रहरू भने समूह चरणबाटै बाहिरिएका छन् ।
अब ‘गर या मर’ को नकआउट मञ्च सुरु भइसकेको छ, जहाँ एउटा मात्र गल्तीले टोलीको विश्वकप सपना समाप्त हुनेछ ।
समूह चरणका नतिजाहरूलाई हेर्दा समूह ए बाट मेक्सिको र दक्षिण अफ्रिकाले उत्कृष्ट खेल प्रदर्शन गर्दै शीर्ष दुई स्थान कब्जा गरे ।
समूह बी बाट सह-आयोजक क्यानडा र कतारले उत्कृष्ट पुनरागमन गर्दै अर्को चरणको टिकट काटे भने बोस्निया र हेर्जेगोभिना तेस्रो भएर अघि बढ्यो ।
समूह सी मा पाँच पटकको विजेता ब्राजिल समूह विजेता बन्दा अफ्रिकी शक्ति मोरक्को दोस्रो स्थानमा रहँदै नकआउटमा प्रवेश गर्यो ।
समूह डी बाट अमेरिका समूहविजेता र अस्ट्रेलिया उपविजेता बन्दै नकआउटमा प्रवेश गरे । पाराग्वे तेस्रो भएर अघि बढ्यो ।
समूह ‘इ’ बाट जर्मनी र आइभरी कोस्ट शीर्ष २ टोलीका रूपमा अघि बढ्दा इक्वेडर तेस्रो भएर नकआउटमा प्रवेश गर्यो ।
समूह एफ बाट नेदरल्यान्ड्स विजेता र जापान उपविजेताका रूपमा नकआउटमा स्थान बनाए । स्विडेन तेस्रो भएर अगाडि बढ्यो ।
समूह जी बाट बेल्जियम विजेता र जापान उपविजेता बने ।
समूह एच बाट स्पेन र केप भर्डे शीर्ष २ टोलीका रूपमा नकआउटमा प्रवेश गरे । केप भर्डे पहिलो विश्वकप सहभागितामै समूह चरण पार गर्न सफल रह्यो ।
समूह ‘आइ’ बाट फ्रान्स शतप्रतिशत जितका साथ विजेता बनेर नकआउटमा प्रवेश गर्दा नर्वे उपविजेता बन्यो । यस समूहबाट सेनेगल तेस्रो स्थानमा रहेर छनोट भयो ।
समूह ‘जे’ बाट अर्जेन्टिना समूहविजेता अनि अस्ट्रिया उपविजेता बन्दा अल्जेरिया तेस्रो भएर अगाडि बढ्यो ।
समूह ‘के’ बाट कोलम्बिया विजेता अनि पोर्चुगल उपविजेता बने । कङ्गो तेस्रो स्थानमा रहेर छनोट हुन सफल भयो ।
समूह ‘एल’ बाट इंग्ल्यान्ड विजेता र क्रोएसिया उपविजेता बन्दै नकआउटमा प्रवेश गरे भने घाना तेस्रो स्थानमा रहेर अगाडि बढ्न सफल रह्यो ।
राउन्ड अफ ३२
राउन्ड अफ ३२ को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा खेल्ने छन् । यस खेल सोमबार बिहान १२:४५ बजेदेखि सुरु हुनेछ ।
यस्तै ब्राजिल भर्सेस् जापानको महाभिडन्त पनि राउन्ड अफ ३२ मै हुने भएको छ । साविक विजेता अर्जेन्टिनाले नवप्रवेशी केप भर्डेसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै जर्मनीले पाराग्वेसँग, नेदरल्यान्ड्सले मोरक्कोसँग, आइभरी कोस्टले नर्वेसँग अनि फ्रान्सले स्वीडेनसँग खेल्नेछ ।
त्यस्तै मेक्सिको र इक्वेडर, इंग्ल्यान्ड र कङ्गो, बेल्जियम र सेनेगल, अमेरिका र बोस्निया एन्ड हर्जगोभिना पनि राउन्ड अफ ३२ मै खेल्ने छन् ।
पोर्चुगलले क्रोएसियासँग, स्पेनले अस्ट्रिया अनि कोलम्बियाले घानासँग प्रतिस्पर्धा गर्नेछन् । स्विट्जरल्यान्डले अल्जेरियासँग खेल्नेछ ।
अस्ट्रेलियाले इजिप्टसँग खेल्नेछ ।
प्रतिक्रिया 4