+
+

अत्यावश्यक वस्तुको पसल खोल्न दिइने, भीडभाड नगर्न अनुरोध

नवीन ढुंगाना नवीन ढुंगाना
२०७६ चैत ११ गते १६:०५

११ चैत, काठमाडौं । सरकारले ‘लकडाउन’को अवधिमा पनि अत्यावश्यक वस्तुको पसल खोल्न दिने भएको छ ।

खाद्यान्न, तरकारी, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तु बिक्री गर्ने पसल सुरक्षा अपनाउँदै खोल्न दिन सूचना जारी गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

औषधि एवं जनस्वास्थ्यसँग सम्बन्धित आवश्यक सामग्रीहरु उत्पादन गर्ने उद्योग तथा स्वास्थ्य जीवनसँग सम्बन्धित आवश्यक सामग्री, खाद्य पदाथर्, दुग्धजन्य पदार्थ, पिउने पानीसँग सम्बन्धित उद्योग, अस्पताल तथा चिकित्सा सेवासँग सम्बन्धित उद्योग, इन्टरनेट, सुरक्षा तथा सरसफाइसँग सम्बन्धित उद्योग, पेट्रोलियम पदार्थ तथा ग्याससँग सम्बन्धित उद्योगहरु सुरक्षाका सबै उपायहरू अवलम्वन गरी यथावत रूपमा संचालन गर्न भनिएको छ । यी उद्योगबाट उत्पादन हुने वस्तु पनि बजारसम्म लैजान र विक्री वितरण गर्न पनि दिने मन्त्रालयले बताएको छ ।

उपभोक्ताको भीड नहुने गरी सेवा प्रवाह गर्न आग्रह गर्दै सुपर मार्केट, खाद्यान्न पसल, तरकारी तथा दूग्ध पदार्थको बिक्री सहज बनाइने वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले जानकारी दिए ।

समय तालिका तोक्दा भीड हुने र यसले झन असुरक्षा सिर्जना गर्ने भएकाले उपभोक्ताले आफ्नो अनुकुल हुने गरी खाद्यान्न खरिद गर्न सचिव डा‍. अर्यालले आग्रह गरे ।

लकडाउनको समयमा आवश्यक परे देशैभर सञ्चालित साल्ट ट्रेडिङ तथा खाद्य व्यावस्था तथा व्यपार कम्पनीको पसल पनि सञ्चालन गरिने उनले बताए ।

सरकारको निर्देशन कुरिरहेका छौं : साल्ट ट्रेडिङ

लकडाउनको समयमा आफ्ना आउटलेट सञ्चालनमा ल्याउनेबारे मन्त्रालयको निर्देशन कुरिरहेको साल्ट ट्रेडिङले जनाएको छ । ‘हामी तयारी अवस्थामा छौं, बजारको अवस्था हेरेर मात्रै मन्त्रालयबाट निर्णय आउने जानकारी छ’ साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले भने ।

आउटलेटहरु सञ्चालन गर्न आदेश भएर आफूहरु घरबाट निस्कन सुरक्षाकर्मीको सहयोग पाए काठमाडौंमा ६ स्थान र काठमाडौंबाहिर पोखरा, भैरहवा, नारायणगढमा पनि सेवा दिइने उनले बताए ।

सचिव अर्यालले आवश्यक परे मोबाइल भ्यानबाट घरदैलोमा खाद्यान्न बिक्रीका लागि लैजाने प्रबन्ध पनि गरिने बताए ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?