Comments Add Comment

कोरोना जोखिम हुन नदिन २० बालबालिका सुधारगृह र हिरासतबाट मुक्त

११ चैत, काठमाडौंं । कोरोना संक्रमणको जोखिम हुन नदिन विभिन्न जिल्लाका बाल सुधार गृहमा कैदी जीवन बिताइरहेका १८ वर्षमुनिका २० जना बालबालिकालाई मुक्त गरिएको छ ।

महान्यायाधिवक्ता कार्यालयको निर्देशनपछि सरकारी वकिल कार्यालय र प्रहरीले उनीहरुका अभिभावकबाट प्राप्त निवेदनका आधारमा अदालतको आदेश बमोजिम २० बालबालिकालाई बाल सुधार गृह र प्रहरी हिरासतबाट छुटाइएको हो ।

विभिन्न अपराधमा संलग्न १८ वर्षमुनिका बालबालिकालाई कारगारमा नपठाइ बाल सुधार गृहमा राख्ने गरिएको छ ।

सुधारगृहहरुमा भिडभाड हुने गरेको र त्यसबाट कोरोना संक्रमणको जोखिम हुने भएपछि गम्भीर अपराध बाहेक अन्य घटनामा संलग्नहरुलाई अदालतको आदेश बमोजिम छाडिएको हो ।

महान्यायाधिवक्ता अग्नि खरेलका अनुसार भक्तपुरबाट ७ जना, बाँकेबाट ७ र रुपन्देहीबाट एकजनालाई बाल सुधार गृहबाट मुक्त गरिएको छ । त्यस्तै बाँकेको प्रहरी हिरासतबाट दुई जना र कास्कीबाट ४ जना तथा डोटीबाट एकजनालाई प्रहरीलेनै मुक्त गरेको छ ।

सम्बन्धित बाल सुधार गृहबाट उनीहरुका बाबु आमाको निवेदनका आधारमा अदालती प्रक्रियाबाट गम्भीर अपराध बाहेकका अन्य बालबालिकालाई घर पठाइएको हो । कानूनको द्वन्द्वमा परेका १८ वर्षमुनिका बालबालिकालाई सुधार गृहमा राखिन्छ ।

महान्यायाधिवक्ता खरेलले भने-गम्भीर प्रकृतिका मुद्दामा रहेछन् भने अदालतले बिचार गर्छ,अदालतले थुन्ने निर्णय गरेकालाई छाड्ने पनि उसैले हो ।

बाल सुधार गृह अटेसमटेस भएकाले उनीहरु संक्रमित हुन सक्ने भएकाले जोगाउनुपरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment