Comments Add Comment

कोरोनाविरुद्ध लड्न मेसी र ग्वार्डिओलाको आर्थिक सहयोग

काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेसीले बार्सिलोनाको अस्पतालका लागि १ मिलियन युरो सहयोग गरेका छन् ।

विश्भर फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड-१९ विरुद्धको अभियानमा मेसीले आर्थिक सहयोग गरेका हुन् । यस्तै बार्सिलोनाका पूर्वप्रशिक्षक ताथ हाल इंग्लिस क्लब ब्मयानचेष्टर सिटीका प्रशिक्षक रहेका पेप ग्वार्डिओलाले पनि १ मिलियन सहयोग गरेका छन् ।

मेसीले सहयोग गरेको रकम बार्सिलोनाको हस्पिटल क्लिनिक र अर्जेन्टिनाको क्लिनिकमा प्रयोग गरिने स्पानिस अनलाइन मार्काले जनाएको छ ।

कोरोना भाइरसविरुद्ध लड्न लिओनल मेसिले डोनेसन गरेका छन् । हस्पिटल क्लिनिकले सामाजिक सञ्जालमा पोष्ट गर्दै उक्त जानकारी गराएको छ । सहयोगको लागि धेरै धन्यवाद लिओ ।

यस्तै ग्वार्डिओलाले बार्सिलोना क्षेत्रमा रहको कोल लेगी दे मेटगेसका लागि मेडिकल सामाग्री खरिद गर्न १ मिलियन युरो सहयोग गरेका हुन । उक्त सहयोग रकम बार्सिलोनाको एन्जल सोलर ड्यानियल फाउन्डेसनल सञ्चालित अभियानमा जानेछ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट धेरै प्रभावित राष्ट्रमा स्पेन पर्छ । स्पेनमा इटलीपछि दोस्रो धेरै प्रभावित राष्ट्र स्पेन हो । स्पेनमा कोरोनाबाट दुई हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment