Comments Add Comment

टि-२० वरीयतामा नेपाल यथावत्

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टि-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १५औं स्थानमा यथावत् रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा भने नेपाल १६औं स्थानमा छ ।

आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् रहेको हो । यसअघि नेपाल वरीयतामा तीन स्थान झरेर १५औं मा पुगेको थियो । एसिया कप छनोट अन्तर्गत इस्टर्न रिजनमा खराब प्रदर्शन गरेपछि नेपाल वरीयतामा तीन स्थान तल झरेको थियो । २६ खेल खेलेको नेपालको १८५ रेटिङ छ ।

टि-२० मा नेपालको सबैभन्दा माथिल्लो वरीयता ११औ हो । तर पछिल्लो समय खराब प्रदर्शनले नेपालको वरीयता खस्किरहेको छ ।

एसोसियट राष्ट्रमध्ये नेपालभन्दा अघि रहेको स्कटल्याण्ड १२औं र युएई १४औं स्थानमा छ । नेपाल भन्दापछि रहेको नेदरल्याण्ड्स १६औं स्थानमा छ ।

पाकिस्तान टि-२० को शीर्ष वरीयतामा छ भने अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौथो, दक्षिण अफ्रिका पाँचौ, न्युजिल्याण्ड छैटौं, अफगानिस्तान सातौँ, श्रीलंका आठौं, बंगलादेश नवौं, वेष्ट इन्डिज दशौँ र जिम्बाबे  ११औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment