Comments Add Comment

सर्वसाधारणलाई घरमै बस्न राष्ट्रपति भण्डारीको अपिल

१२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस रोकथामका लागि घरमै बस्न अपिल गरेकी छन् ।

बुधबार एक सन्देश जारी गर्दै उनले घरमै बसेर सरकारले जारी गरेको निर्देशन र आचारसंहिता पालना गर्न अपिल गरेकी हुन् ।

‘यस परिवेशमा वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर राख्दै हरेक नागरिकले सरकारका आधिकारिक निकायहरुले जारी गरेका निर्देशन एवं आचारसंहिताहरु पालना गर्दै घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न म हार्दिक आह्वान गर्न चाहन्छु’ राष्ट्रपतिले भनेकी छन् ।

उनले लकडाउनको अवधिमा घरमै बस्नुपरेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमूलक बनाउन पनि आग्रह गरेकी छन् ।

‘यस समयलाई हामी सबैले मुलुकको अर्थतन्त्रलाई स्वावलम्बी र आत्मनिर्भर बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान र चिन्तन मनन गर्ने काममा समेत सदुपयोग गर्न सकिन्छ भन्ने मलाई लागेको छ’ राष्ट्रपतिले अपिलमा भनेकी छन् ।

राष्ट्रपति भण्डारीले कोरोनाविरुद्ध लड्न स्वास्थ्यसम्बन्धी भौतिक पूर्वाधार तथा प्राविधिक तयारीसहित आवश्यक प्रबन्ध मिलाउन संघ, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment