+
+

भाइरस मार्न काठमाडौंमा डिसइन्फेक्सन स्प्रे (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ चैत १३ गते १८:०१

१३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्कन थालेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए ।

बढी भीडभाड हुने वीरअस्पताल, भित्री सहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटनाशक औषधी छर्किएको छ ।

काठमाडौँ महानगरले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ओटा ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किएको छ ।

हेर्नुहोस् तस्वीरहरु 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?