+
+

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते 

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १४ गते ८:१८

१४ चैत, चितवन । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७, चोरमाराको भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २ जना घाइते छन् ।

चोरमारादेखि उत्तर अम्रसातर्फ जाँदै गरेको ना ४३ प २९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही स्थानका २८ वर्षीय भोजबहादुर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते महतोलाई चितवनको पुरानो मेडिकल कलेज भरतपुर पुर्याइएकोमा त्यही उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३० वर्षीय बुद्धिराम महतो र मोटरसाइकल चालक ४२ वर्षीय यमबहादुर पौडेल घाइते भएका छन् । दुवै जनाको अहिले उपचार भइरहको प्रहरीले जनाएको छ ।

एउटै मोटरसाइकलमा तीन जना सवार भएकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?