+
+

विदेशबाट फर्किने काठमाडौंवासीको महानगरले अभिलेख राख्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १४ गते १०:५३

१४ चैत, काठमाडौं । आगामी १८ गते पछि विदेशबाट फर्किने काठमाडौंका सबै नागरिकको काठमाडौं महानगरपालिकाले अभिलेख राख्ने भएको छ । महानगरले सबै वडा कार्यालयहरुलाई परिपत्र गर्दै विदेशबाट काडमाढौं फर्कनेहरुको अभिलेख राख्न भनेको हो ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेपछि केही असहज बनेको नगरवासीको जीवनयापनलाई सकेसम्म सहज बनाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको निर्देशन अनुसार प्रशासन विभाग प्रमुख नमराज ढकालले ३२ वटै वडालाई पत्रलेखी आग्रह गरेका समेत गरेका छन् ।

प्रशासन विभाग प्रमुख ढकालले हस्ताक्षर गरी ३२ वटै वडाध्यक्षलाई पत्राचार गरेको पत्रमा वडाबाट सम्पादन हुँदै आएको फहोरमैला व्यवस्थापन कार्य प्रभावकारी ढंगबाट सञ्चालन गर्न आग्रह गरिएको छ । त्यसैगरी आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमित रुपमा सञ्चालन गर्ने–गराउने र सकेसम्म घरघरमै सामान आपूर्ति गर्ने कार्यत्रमा प्रहरी समेत सहयोग लिई सहजिकरण गर्ने उल्लेख छ ।

‘आफ्नो वडा अन्तरर्गत दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा सडकमा बस्ने घरबार बिहीन मानिसलाई लक्षित गरी कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि वडामा जम्मा भएको रकमबाट खर्च व्यहोर्ने गरी आवश्यक राहत सहयोग उपलब्ध गराउने,’ पत्रमा भनिएको छ, ‘वडामा अति विपन्न र छ महिनादेखि वडा क्षेत्रमा बसोवास गर्दै आएका श्रमिक कामदारहरुको विवरण संकलन गरी कामपा प्रशासन विभागमा बुझाउने ।’

त्यसैगरी विदेश भ्रमण गरी मार्च १, २०२० (२०७६ फागुन १८) देखि हालसम्म वडामा वसोवास गर्दै आएका नागरिकको अभिलेख तयार गर्न र उनीहरु के–कस्तो अवस्थामा बसेका छन् सो को विवरण सहित लगत तयार गरी पठाउन पनि सबै वडालाई आग्रह गरिएको छ ।

काठमाडौँ महानगरपालिका नगरकार्यपालिकाको मिति २०७६ चैत ६ गतेको विषेश बैठकले रु १० करोडको कोष स्थापना गरी कोभिड–१९ रोकथाम र नियन्त्रणको काममा तत्काल खर्च गर्ने गरी साना, मझौला र ठूला वडा कार्यालयलाई क्रमश २,३,र ४ लाख निकाशा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?