Comments Add Comment

सालकबाट कोरोना भाइरस सरेको आशंका

१४ चैत, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) सालकबाट मानिसमा सरेको आशंका गरिएको छ।

वैज्ञानिकहरुले गरेको अनुसन्धानमा तस्करी गरिएका सालकमा अहिले विश्वभर महामारी फैलिएको भाइरस जस्तै फेला परेपछि यो तथ्य बाहिर आएको हो ।

वैज्ञानिकहरुले भविष्यमा आउनसक्ने यस किसिमको महामारीबाट बच्न जंगली जनावरको बजारमा कडाइका साथ रोक लगाउनुपर्ने बताएका छन् ।

सालक सबैभन्दा धेरै अवैधरुपमा तस्करी हुने स्तनपायी जनावर हो । यसको प्रयोग खाना र परम्परागत उपचारको लागि पनि गरिन्छ । जर्नल नेचरमा प्रकाशित शोधको अनुसार यी जनावरलाई चलाउँदा निकै सतर्कता अपनाउनु पर्छ । भविष्यमा पनि यस्ता भाइरस मानिसमा सार्न उनीहरुको भूमिकबारे थाहा पाउन निरन्तर निगरानी राख्नु पर्ने शोधकर्ताहरुले बताएका छन् ।

यो अनुसन्धानको नेतृत्व गरेका हङकङ यूनिभर्सिटीका डा. टोमी लामले महामारीसँग सम्बन्धित कोरोना भाइरसको दुई समूह मलेसियाबाट तस्करी गरेर ल्याइएका सालकमा पहिचान गरिएको बताए । तर, अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलाउन सालकले खेलेको भूमिका भने स्पष्ट हुन सकेको छैन । लामका अनुसार आगामी दिनमा पनि जनावरबाट मानिसमा सर्न सक्ने कुनै पनि संक्रामक रोगबाट बच्न यस्ता जंगली जनावरको बिक्रीमा रोक लगाउनुपर्ने उनको भनाइ छ ।

अहिले पनि यो भाइरस कसरी जंगली जनावर सम्भवतः चमेराबाट अन्य जनावर र त्यसपछि मानिसमा सर्‍यो भन्ने कुरा रहस्यमै छ । यो भाइरससँग चमेरा र सालक दुवै संलग्न रहेको पत्ता लागेको छ । तर, अझै पनि यसको वास्तविक अनुक्रम के हो भन्ने खुल्न सकेको छैन ।

मलेसियाबाट आएका सालकमा यो भाइरस पत्ता लाग्नुले यिनीहरुले भाइरसलाई कहाँ राखेका थिए भने प्रश्न उठेको लाम बताउँछन् । यो भाइरस चीन वा दक्षिण पूर्वी एसियाबाट आएकोमा अझै अन्योलता देखिएको छ ।

अवैध जंगली जनावरको व्यापारमा रोक लगाउन माग

संरक्षणविद्हरु यो खोज जोखिममा रहेको स्तनपायी जनावरलाई दुःख दिने दिशामा अघि बढे त्यो विनाशकारी हुने बताउँछन् । अहिले पनि चीनमा उपचारको लागि जनावरहरुको उच्च माग छ । जबकी सालकको मासु निकै नरम मासुको रुपमा चिनिन्छ । कार्डिफ यूनिभर्सिटीकी सालक संरक्षण अधिकारी एलिसा पान्जाङ अहिले सबै अन्तर्राष्ट्रिय समुदायले आफ्नो सरकारलाई अवैध जंगली जनावरको व्यापारमा रोक लगाउन जोड दिनुपर्ने बताउँछिन् ।

चीनले यो भाइरस निस्किएसँगै जंगली जनवरको मासुमा प्रतिबन्ध लगाइएको छ । भियतनामले पनि चीनकोजस्तै योजना अघि सारिसकेको छ । अक्सफोर्ड यूनिभर्सिटीका डा. डान चालेन्डरले सालकमा कोरोना भाइरस रहेको पाइएको बताए । उनले अहिले फैलिएको कोरोना भाइरसको स्रोत प्रत्ता लगाउनुले यो भाइरसलाई बुझ्न र भविष्यमा देखिन सक्ने यस किसिमको महामारीमा रोक्न पनि निकै महत्वपूर्ण हुने बताए ।

बीबीसीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment