Comments Add Comment

कनिकासँग भेट भएका ६० जनालाई कोरोना ‘नेगेटिभ’

बलिउड गायिका कनिका कपुर अहिले कोरोना संक्रमण देखिएपछि अस्पतालमा उपचारत छिन् । कोरोना संक्रमण पुष्टि भएसँगै उनले अस्पतालमा नै हंगामा समेत मच्चाएकी थिइन् ।

कोरोना संक्रमित कनिकाले लखनऊको एक भव्य होटलमा केही साथीहरुलाई पार्टी समेत दिएकी थिइन् । उनको पार्टीमा संलग्न भएकाहरुलाई समेत कोरोना संक्रमण भएको आशंकामा परीक्षण गरिएको छ ।

यस्तैमा, गायिका कनिकाको सम्पर्कमा आएका व्यक्तिहरुको उत्तरप्रदेश प्रहरीले खोजी समेत सुरु गरेको छ । जसबाट प्रहरीले पछिल्लो समय कनिकासँग सम्पर्कमा आएका २६६ जना व्यक्तिको पहिचान समेत गरिसकेको छ । २६६ मध्ये अहिले ६० जनाको कोरोना परीक्षण भइसकेको छ । जसमा कसैलाई पनि कोरोनाको संक्रमण देखिएको छैन ।

बाँकी व्यक्तिको पनि परीक्षण सकिएको र त्यसको नतिजा आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आफ्नो सम्पर्कमा आएका केही व्यक्तिहरुको नाम कनिका आफैँले बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment