Comments Add Comment

‘आइएमई पे’ले ल्यायाे विभिन्न चार सुविधासहितकाे नयाँ योजना

१४ चैत, काठमाडौं ।  मोबाइल वालेट एप-‘आइएमई पे’ले ‘चार गुण सशक्त ’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ । कम्पनीले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि उक्त योजना प्रस्तुत गरेको हो ।

वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा

आइएमई पे सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरुले यो योजनाअनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा भुक्तानी हुनेगरी ४ प्रतिशत ब्याज पाउनेछन् । यसका लागि सेवाग्राहीहरुले वालेटमा एक हजार रुपैयाँकाे न्यूनतम ब्यालेन्स राख्नुपर्नेछ । अब सेवाग्राहीहरुले विदेशबाट पठाएको रकम आइएमई पे एपभित्र रहेको रेमिट्यान्स थिची सजिलै मोबाइलमा प्राप्त गर्न सक्नुहुनेछ । साथै देशभरीका २५ हजारभन्दा बढी आइएमईका एजेन्टहरुबाट पनि वालेटमा रकम राख्न सकिन्छ । यसका अतिरिक्त ग्लोबल आइएमई बैक लगायत अन्य विभिन्न बैंकहरुबाट पनि वालेटमा सिधै रकम राख्न सकिन्छ । बैंकबाट वा बैंकमा रकम ट्रान्सफर गर्दा हाल कुनै शुल्क लाग्दैन । आइएमई पे वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरुले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्नेछन् ।

टप-अप अर्थात् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यास ब्याक

यो योजना अनुसार, आइएमई पे वालेट प्रयोग गरी सेवाग्राहीहरूले नेपाल टेलिकम, एनसेल वा स्मार्ट सेलको टप–अप अर्थात् रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त आइएमई पेले थप ५ प्रतिशत क्यासब्याक प्रदान गर्नेछ । हाल नेपाल टेलिकमले १०० प्रतिशत टक–टाइम बोनस र एनसेलले ५० प्रतिशत टक–टाइम बोनस प्रदान गरिरहेका छन् ।

५०० रिवार्ड पोइन्टको सुविधा

यो योजना अनुसार कुनैपनि आइएमई पे वालेट प्रयोगकर्ताले अरु कसैलाई आइएमई पे वालेट डाउनलोड गर्न आमन्त्रण गर्दा ५०० रिवार्ड पोइन्ट दुबै जनाले पाउने छन् । रिवार्ड पोइन्टलाई वालेटको ब्यालेन्समा पनि परिणत गर्न सकिन्छ ।

सजिलो, भरपर्दो र छरितो क्यास आउटको सुविधा

हाल विश्वव्यापी महामारी फैलिएको अवस्थामा आइएमई पे सबैलाई डिजिटल भुक्तानी र मनी ट्रान्सफर गरी आफ्नो अत्यावश्यक वित्तीय आवश्यकता पूरा गर्न अनुरोध गर्न चाहन्छ । सेवाग्रहीहरुको आवश्यकतालाई ध्यानमा राखी आइएमई पे एप मार्फत् नै भुक्तानी तथा मनि ट्रान्सफर गरी सजिलो, भरपर्दो र छरितो सेवा लिन सक्ने सुबिधा ल्याएको छ । देशको स्थिति सामान्य हुँदै गएपछि नगदको आवश्यकता परेमा देशभरीका कुनैपनि नजिकको एजेन्टबाट वालेटको रकम नि:शुल्क निकाल्न पनि सकिन्छ । यो सुविधाले बाहिर नगई घरैबाट सेवाग्राहीहरुको आवश्यकता पूरा गर्न सहयोग पुग्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment