Comments Add Comment

फिफा वरीयतामा नेपालको महिला टिम दुई स्थान तल

काठमाडौं । नेपालको महिला फुटबल टिम फिफा वरीयतामा दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान तल झर्दै ९९औं स्थानमा पुगेको छ ।

यसअघि नेपाल ९७औं स्थानमा थियो । छिमेकी भारत भने दुई स्थान सुधार गर्दै ५५औं स्थानमा उक्लेको छ ।

दक्षिण एसियामा नेपालले भारतलाई मैदानमा कडा टक्क दिँदै आएपनि एक पटक मात्र पराजित गर्न सकेको छ । वरीयतामा नेपाल भारत नेपाल भन्दा धेरै अघि छ । वरीयतामा भारतको १ हजार ४२५ अंङ्क छ भने नेपालको १२ सय अंक छ । एसियामा मात्र हेर्दा भारत ११औं र नेपाल २१औं स्थानमा छ ।

गत डिसेम्बरमा १३औं साग खेलेयता नेपालको महिला टिमले कुनै पनि अन्तर्राष्ट्रिय स्तरको खेल खेल्न पाएको छैन ।

विश्व विजेता अमेरिका भने शीर्ष स्थानमा यथावत छ । यस्तै जर्मनी दोस्रो स्थानमा यथावत रहँदा फ्रान्स एक स्थान सुधार गर्दै तेस्रोमा उक्लेको छ । नेदरल्याण्ड्स एक स्थान तल झर्दै चौथोमा पुगेको छ भने स्वीडेन पाँचौ स्थानमा यथावत छ । एसियमा सबै भन्दा अगाडि रहेको अष्ट्रेलिया सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment